प्याब्सन स्पोर्टस मिटः फुटबल जारी प्लस–टु तर्फ भलिबल र बास्केटबल सुरु
‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ आइतबार पोखरा रंगशालामा उद्घाटन हुने
पाेखरा | मंसिर २४, २०७९
पोखराः ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबल प्रतियोगिता जारी रहेको छ भने प्लस–टु (कक्षा ११–१२)तर्फ छात्रा भलिबल र छात्र बास्केटबल प्रतियोगिताहरु सुरु भएका छन् ।
निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत शनिबार चौथो दिन पनि सिनियर र जुनियर फुटबलतर्फका २० खेल सम्पन्न भएका हुन् । पोखराका तिन छुट्टा–छुट्टै खेल मैदानमा सञ्चालन सिनियरतर्फ र जुनियरतर्फ प्रि–क्वाटरका खेलहरु सञ्चालन भइरहेको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद र्पौडेलले जानकारी दिएका छन् ।
सम्पन्न प्रतियोगिता अन्तर्गत सिनियर फुटबलतर्फ गौरीशंकर खेल मैदानमा सम्पन्न भएको खेलमा हिल पोइन्ट, ग्लोबल, शान्ती दिप, पोखरा पब्लिक र मेट्रोपोलिटियन विजयी भएका छन् । खेलमा हिल पोइन्टले हिमाञ्चललाई ४–० गोलले पराजित गर्दा ग्लोबलले भ्यू पोइन्टलाई १–० र पोखरा पब्लिकले तारा कुञ्जलाई ७–१ को भारी गोल अन्तरले पराजित गरेको छ । एक अर्को खेलमा शान्ती दिपले टप्सलाई टाइव्रेकरमा ४–२ ले पाखा लगाएको छ । निर्धारित समयमा दुबै टिमले गोल गर्न सकेका थिएनन् । अर्को एक खेलमा मेट्रोपोलिटियनले स्टेप बाई स्टेपलाई २–० ले पराजित गरेको फुटबल संयोजक जगत थापाले जनाए ।
सिनियर फुटबलतर्फनै बालविद्याले पोखरा युनाइटेडलाई २–० ले, विद्या निकेतनले सरस्वतीलाई २–१ ले, पोखरा एकेडेमीले गोल्डन नेचरलाई ४–० ले बालोदयले बाल प्रभातलाई २–१ ले, शान्तीकुञ्जले हिमालयनलाई १–० ले पराजित गरेको छ । एक अर्को खेलमा शिसु कल्याणले एक्स आर्मीलाई टाइ व्रेकरमा ४–२ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले ३–३ गोल गर्दै बराबरी खेलेका थिए ।
यता शान्ती दिप खेल मैदानमा जुनियरतर्फको खेलमा पारामाउण्टले सोसियल पव्लिकलाई १–० ले, गुरुकुलले प्रगतीलाई ३–२ ले, गुरुकुलले पिएलएलाई ५–० ले, सगरमाथाले भाष्करलाई १–० ले र स्नो भ्यूले ग्लोबललाई २–१ ले पराजित गरेको छ ।
बास्केटबल प्लस–टु तर्फ छात्रको खेल सुरु
प्याब्सन स्पोर्टस मिट अन्तर्गत बास्केटबल छात्रतर्फको खेल शनिबारबाट सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सञ्चालन भएको बास्केटबलमा ६ खेल सम्पन्न भएको प्लस् टु बास्केटबल संयोजक खिम गुरुङले जनाएका छन् ।
बास्केटबलको उद्घाटन खेलमा गोल्डेन नेचरले प्रतिष्पर्धात्मक खेलमा टप्स मावीलाई ३६–३३ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा बाल कल्याणले भाष्करलाई ५२–३० ले, मेरी गोल्डले धौलागिरीलाई ५२–२७ ले, माउन्ट अन्नपूर्ण माविले प्रगतीलाई ५६–११ ले, सोसियल पब्लिकले बेथानीलाई प्रतिष्पर्धात्मक खेलमा २९–२५ ले पराजित गर्दा अन्तिम खेलमा पश्चिमाञ्चलले केफलाई २०–१८ ले पराजित गरेको छ ।
यस अघि बास्केटबल खेलको उद्घाटन प्याब्सनका पूर्व केन्द्रिय उपाध्यक्ष शेर बहादुर गुरुङले गरेका थिए ।
छात्रा भलिबल सुरु
प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस–टु (कक्षा ११–१२) र मावि तह कक्षा १–१० तर्फ छात्रा भलिबल खेल शनिबारबाट पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सुरु भएको छ ।
प्लस टु छात्रातर्फ भलिबलमा कूल ८ टिम मावितर्फ २४ टिमको सहभागिता रहेको भलिबल प्रतियोगिता संयोजक नविन बरालले जानकारी दिएका छन् । प्लस टु छात्रातर्फको खेलमा प्रतिभाले माउन्ट अन्नपूर्णलाई २५–७, २५–९ ले, करुणानिधीले मदर ल्याण्डलाई २५–१३, २५–१२ ले, पश्चिमाञ्चलले भाष्करलाई २५–१८, २५–१८ ले र गुरुकुलले टप्सलाई २५–१९, २५–२० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका छन् ।
त्यस्तै मावि कक्षा ११–१२ तर्फ सम्पन्न खेलमा रेन्वो एकेडेमी, टप्स मावि, नेपाल आदर्श आज नै सम्पन्न आ–आफ्नो २–२ खेल जित्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । त्यस्तै एक खेलमा जित एक खेलमा पराजित हुँदै न्यू मोडल बाहिरिएको छ भने डायमण्ड, स्टेप बाई स्टेप र तारा कुञ्ज, धौलागिरी र नेशनल इन्भेन्टिभले एक–एक खेल जित्दै दोश्रो चरणको यात्रा सुरक्षित गरेका छन् ।
उक्त भलिबल खेलको प्याव्सनका केन्द्रिय सदस्य प्रेम प्रसाद शर्मा र पूर्व केन्द्रिय उपाध्यक्ष रत्नमान गुरुङले एकै समयमा दुई वटा कोर्टमा सुरु भएको दुई छुट्टा–छुट्टै खेलको उद्घाटन गरेका थिए । यस अघि १७ औं प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले बल प्रतियोगिताका संयोजकलाई हस्तान्तरण गरेकी थिइन् ।
१७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रम अपरान्ह ११ बजे सुरु हुनेछ ।
प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ ।
त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् ।
कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।
१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।
काठमाडौं: जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको समेत समर्थन रहेको छ । यस सरकारलाई आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने...
नवलपरासी: गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन स...
काठमाडौं: भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ...

