विश्वकपमा आज क्वाटरफाइनलका दुई खेल

काठमाडाैं | मंसिर २३, २०७९

विश्वकपमा आज क्वाटरफाइनलका दुई खेल

काठमाडौं:  कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदैँछ । आज (शुक्रबार) क्वाटरफाइनलका दुई खेलमा प्रतिस्पर्धा हुनेछ ।


पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलको सामना गर्नेछ । यो खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । सन् २००२ को च्याम्पियन ब्राजिल २०१४ मा बाहेक क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन ।


क्रोएसियासँग भिड्दै गर्दा ब्राजिल कीर्तिमानी छैटौं पटक पनि विश्व च्याम्पियन बन्ने आफ्नो आशा जीवितनै राखेको छ । अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ ले हराएर अघि बढेको ब्राजिल सोही जितको लयलाई निरन्तरता दिन चाहान्छ ।


यता, लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक क्वाटरफाइनलमा पुगेको क्रोएसिया पनि ब्राजिललाई स्तब्ध पार्दै लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्ने दाँउमा रहेको छ। अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा मुस्किलले हराएर क्रोएसियाले ब्राजिलसँगको भेट पक्का गरेको हो ।


यस्तै अर्को खेलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना र नेदरल्यान्ड्सबीच राति १२ः४५ बजे हुनेछ । यो खेल लुसेल आइकोनिक रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ ।


नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले तथा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएर अन्तिम आठमा भेट पक्का गरेको हो ।


नेदरल्यान्ड्स आफ्नो पछिल्लो पाँच विश्वकपमध्ये चारपटक अन्तिम आठमा पुगेको थियो । २००६ मा अन्तिम १६ बाट बाहिरिएको नेदरल्यान्ड्स २०१० र १०१४ मा सेमिफाइनलमा पुगेका थिए । २०१० को उपविजेता नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ ।


२०१४ को उपविजेता अर्जेन्टिनाले सन् १९९८, २००६ र २०१० मा क्वाटरफाइनलका खेल गुमाएका थिए । त्यो हार एकपटक नेदरल्यान्ड्स र दुईपटक जर्मनीसँग थियो । यसपटक अर्जेन्टिना त्यो भन्दा अघि बढ्न दाउमा रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ।   आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...

थप पढ्नुहोस्

रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...

थप पढ्नुहोस्

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ।   परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...

थप पढ्नुहोस्