लेकसाइडमा थपियो १२ करोडको ‘थ्री सिक्स्टी स्काई लाउन्ज’

पाेखरा | मंसिर २२, २०७९

लेकसाइडमा थपियो १२ करोडको ‘थ्री सिक्स्टी स्काई लाउन्ज’

पोखराः   चिल्ली ग्रुपले पोखराको लेकसाइडमा हिमालयन ग्लोरी इन प्रा.लि (होटल) तथा थ्री सिक्स्टी स्काई लाउन्ज (रेन्टुरेन्ट) सञ्चालनमा ल्याउको छ । 


पोखरा महानगरपालिका ६ हल्लनचोकमा पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायिक समूह ‘चिल्ली ग्रुप’ ले पत्रकार सम्मेलन गर्दै भोलिदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइने जानकारी दिइएको हो ।


हिमालयन ग्लोरी इन प्रा.लि तथा थ्री सिक्स्टी स्काई लाउन्ज करिब १२ करोडको लगानीमा सञ्चालनमा ल्याइएको म्यानेजर लेखनाथ पहारीले बताए । ‘होटल तथा रेस्टुरेन्टको निर्माण सन् २०१८ मा करिब १० करोडको लगानीमा सम्पन्न गर्ने गरी निर्माण शुभारम्भ गरेका हौं, ९० प्रतिशत निर्माण सम्पन्न भएपछि विश्वव्यापी रुपमा कोरोना भाइरससँगै विविध कारणले समयमा निर्माण सम्पन्न हुन सकेन्, पहारीले भने, ‘ निर्माण सम्पन्न गर्ने लक्ष्य भन्दा साढे २ वर्षपछि सञ्चालनमा आएको होटल करिब १२ करोड लगानी भएको छ ।’


उनका अनुसार ३० देखि ४० जनाको सिटिङ क्षमताको मिनी मिटिङ हल रहेको रेस्टुरेन्टमा बाल्कोनीसहितका १५ कोठा भएको होटल एवम् रिसेप्शन, एयर कन्डिसन रुम रहेको छ भने, पृथक शैलीमा निर्माण गरिएको होटल तथा रेस्टुरेन्टमा लिफ्ट जडान गरिएको छ । औपचारिक शुभारम्भ भोलि २३ गते (शुक्रबार) हुने र सोलो गगनको लाइभ सांगीतिक प्रस्तुती समेत रहने प्रालिले जनाएको छ ।
 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्