नेपालका आर्यन र अमेरिकाका आरभ जोडी सेमिफाइनलमा
काठमाडाैं | मंसिर २१, २०७९

पोखरा: नेपालमा आर्यन गिरी र अमेरिकाका आरब शमसेर हाडाको जोडी पोखरामा जारी आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्यन जोडीले बुधबार भएको क्वाटरफाइनल खेलमा स्पेनिस खेलाडी भिक्टोर मोहनराम र भारतका धिरज रेड्डीको जोडीमाथि ६–०, ६–२ को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका आर्यन अरोरा र मायंक सर्माको जोडीले भारतकै बंश नन्दल र रसियाका फेडोर सोसेड्कीनको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगे । त्यस्तै, भारतका सभ्रमन्यु सिंह र ओमर रेहानको जोडीले ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलमाथि विजय प्राप्त गरे भने अर्को क्वाटरफाइनलमा ताइपेइका के हाउ होङ र केइ इन याङको जोडीले कोरियाका जिवन पार्क र मलेशियाका केगन केथमाथि जित निकाले ।
महिला डबल्सतर्फ नेपालकी रायना शाह र भारतका स्निग्दा कान्त, भारतकै काइरा सिद्धार्थ र दुर्गान्सी कुमार, अमेरिकाका कासिस कान्त र भारतका गंगा मोहन तथा भारतकै दिशा बेहेरा र मन्दग्ला प्रिन्सीको जोडीले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महा...
काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न...
तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकक...