मन्त्री हुन सजिलो छैन नी, धेरै दुख गर्नुपर्छ: राजीव गुरुङ
पाेखरा | मंसिर २०, २०७९

पोखराः मनाङबाट स्वतन्त्ररुपमा प्रदेश सांसदमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङले नेकपा एकीकृत समाजवादी प्रवेश गरेपछि आज पत्रकारसँग कुराकानी गरेका छन् ।
राजधानीमामा पत्रकार सम्मेलन गरी उनले नेकपा एसलाई मुलुकको शक्तिकारुपमा व्याख्या गर्न भ्याए । चुनावी परणामपछि सत्ता गठबन्धनकै सरकार बन्ने निश्चित भएपछि उनी समाजवादीमा प्रवेश गरेका हुन् ।
समाजवादीमा प्रवेश गर्नुकोकारण मन्त्री बन्नलाइ नै हो ? भन्ने प्रश्नमा उनले भने, ‘मन्त्री हुन सजिलो छैन, धेरै दुख गर्नुपर्छ ।’ गुरुङले मन्त्री बन्न दुख गरेको मान्छेले मात्रै थाहा पाउने भएको भन्दै आफुुले पनि त्यस्तै दुख गरेर मन्त्री भएको उल्लेख गरे ।
तर हाल नेकपा एसमा मन्त्री बन्न नभई पार्टी र विचारधारा मन परेर प्रवेश गरेको बताए । ‘म मन्त्री हुन चाहेर हुने कुरा हैन’ उनले भने ‘पार्टीले दिएको जिम्मेवारी पुरा गर्नेछुु ।’
काभ्रेपलाञ्चोक: यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ। जिल्ला प्र...
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा ताल...
धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेक...