स्याङ्जा र बाजुरामा कांग्रेस उम्मेदवारको अग्रता कायमै
पाेखरा | मंसिर १७, २०७९
पोखराः प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये स्याङ्जा र बाजुरामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
मतगणनाको पछिल्लो विवरण अनुसार स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले झण्डै ६ हजार मतले अग्रता कायम गरेका छन् । गुरुङले २८ हजार ४ सय २६ मत प्राप्त गरेका छन् भने गुुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्मा अर्यालले २२ हजार ६ सय ५४ मत प्राप्त गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६९४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
यस्तै बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरुवातदेखिको अग्रता कायमै राखेका छन् । पाण्डेले १४ हजार १ सय ५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १२ हजार ११४ मत प्राप्त गरेका छन् ।
दोलखामा भने गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले मतान्तर बढाएका छन् । कार्कीले १० हजार ६२ मत प्राीत गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले आठ हजार ८८९ मत प्राप्त गरेका छन् ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

