स्याङ्जा र बाजुरामा कांग्रेस उम्मेदवारको अग्रता कायमै
पाेखरा | मंसिर १७, २०७९

पोखराः प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये स्याङ्जा र बाजुरामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
मतगणनाको पछिल्लो विवरण अनुसार स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले झण्डै ६ हजार मतले अग्रता कायम गरेका छन् । गुरुङले २८ हजार ४ सय २६ मत प्राप्त गरेका छन् भने गुुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार पद्मा अर्यालले २२ हजार ६ सय ५४ मत प्राप्त गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६९४ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
यस्तै बाजुरामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले शुरुवातदेखिको अग्रता कायमै राखेका छन् । पाण्डेले १४ हजार १ सय ५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १२ हजार ११४ मत प्राप्त गरेका छन् ।
दोलखामा भने गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले मतान्तर बढाएका छन् । कार्कीले १० हजार ६२ मत प्राीत गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले आठ हजार ८८९ मत प्राप्त गरेका छन् ।
पोखरा: हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्की जिल्लाको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ । साउनको अन्तिम शनिबार पोखरा ९ दरबारथोकमा भेला भई...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत ज...
काठमाडौं: काठमाडौंको बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गोल्फुटारदेखि बूढानीलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको स्कुटर र बूढानीलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको मोटर...