गोलबजारबाट पेस्तोलसहित दुई युवक पक्राउ

सिरहा | मंसिर १५, २०७९

गोलबजारबाट पेस्तोलसहित दुई युवक पक्राउ सांकेतिक तस्बिर

सिरहाः   सिरहाको गोलबजारबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका–११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेको जिल्ला प्रहरीले सिरहाले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पेस्तोलसहित पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक प्रवक्ता सुवास बुढाथोकीले बताउनुभयो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्