आगामी सरकारसँग विद्यार्थीको अपेक्षा: ‘स्थिर सरकार बनोस्’

पाेखरा | मंसिर १४, २०७९

आगामी सरकारसँग विद्यार्थीको अपेक्षा: ‘स्थिर सरकार बनोस्’

पोखराः   मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भयो । निर्वाचन सम्पन्न भएको अधिकांस जिल्लाको मतपरिणाम सार्वजनिक भएको छ भने विवादित केही जिल्लाहरुको मतपरिणाम आउँदैछ । 


४ गते सम्पन्न भएको निर्वाचनमा राजनीतिक दलहरुले सोचेजस्तो बहुमुत आउन सकेन । सत्ता गठबन्धन बनाएर निर्वाचन होमिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा कुनैपनि राजनीतिक दलहरुको बहुमत आउन सकेन । 


निर्वाचन सम्पन्न भएपछि चियापसलदेखि चौतारीसम्म सरकार कसले बनाउँछ भन्ने चर्चा छ । यसैबीच, नयाँ सरकारसँग विद्यार्थीको कस्तो अपेक्षा छ ? भन्ने विषयमा पोखराको पृथ्वीनारायण क्याम्पस पोखरामा क्रियाशील विद्यार्थी नेताहरुले धारणा राखेका छन् । 


नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल कान्तिकारी पिएनका अध्यक्ष काशीराम पौडेलले राजनीतिक पार्टीको नभई आमनागरिकको स्थिर सरकार बनाउन आग्रह गरे । 


अब सरकार कसको बन्न सक्छ र के अपेक्षा छ ? भन्ने विषयमा सुनगाभा न्यूजसँग कुरा गर्दै विद्यार्थी नेता पौडेलले अबको सरकार आमनागरिक र स्थिर सरकार बनाउन सुझाव दिए ।


‘सरकार कसको बन्न सक्छ भनेर आमजनतामा चासोको विषय रहेको छ, अब बन्ने सरकार आमनागरिक र स्थिर सरकार बन्नुपर्छ, उनले भने, ‘संविधानको रक्षासँगै कार्यान्वयनमा गर्ने स्थिर सरकार बनाउनपर्छ ।’


सत्ता गठबन्धन मात्र नभएर कुनै पनि राजनीतिक पार्टीले घातअन्तरघातको आरोप-प्रत्यारोप भन्दा पनि जनताले दिएकाृ मतको सम्मान गर्नुपर्नेमा विद्यार्थी नेता पौडेलको जोड छ । 


‘अब राजनीतिक दलहरुले घातअन्तरघातको आरोप–प्रत्यारोप लगाउन बन्द गर्नुपर्छ, जनताले दिएको मतको कदर गर्न जान्नुपर्छ, उनले भने, ‘पार्टीलाई योगदान गर्ने नेताहरुलाई सम्मान गर्दै निर्वाचनमा युवाहरुलाई अगाडी बढाउन सके कसैले आरोप–प्रत्यारोप लगाउन पर्दैन ।’


नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसका सभापति गौरव बरालले सुशासनसहितको स्थिर सरकार सत्ता गठबन्धनले नै बनाउने जानकारी दिए । 


‘हिजो संसद विघटनको विरोध गरेर सत्ता गठबन्धनमा परिणत भए, केही स्थिरतासँगै दिए, उसको विरोधमा गएको माओवादी लगायतको पार्टी एमालेसँग मिल्छ जस्तो लाग्दैन, उनले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भयो, अहिले कार्यान्वयनको चरणमा छौं । शुसासन सहितको स्थिर सरकार सत्ता गठबन्धनले नै बनाउँछ ।’


अहिले विद्यार्थी राजनीतिबाट उदायका नेताहरुले निर्वाचन जितेकाले अव युवाहरुको भविष्य उनीहरुको हातमा रहेको विद्यार्थी नेता बरालले बताए । 


‘हिजो युवा विद्यार्थी राजनीतिबाट युवाहरुलाई अगाडी बढाउन राजनीतिमा होमिएका नेताहरुले निर्वाचन जितेका छन् । अब विद्यार्थी र युवाहरुलाई कसरी अगाडी बढाउने भन्ने जिम्मा निर्वाचित युवा नेताहरुको हातमा पुगेको छ ।’ उनले भने । 


नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु पिएनका अध्यक्ष विष्णु पोखरेलले सरकार कसले बनाउँछ भन्ने प्रश्नमा केन्द्रीय पार्टीमा छलफलको विषय रहेकाले कुनै धारणा नराख्ने जानकारी दिए । 


‘सरकार कसको बन्छ भन्ने केन्द्रीय राजनीतिक पार्टीको निर्णय हो, उनले भने, ‘अबको ५ वर्ष कसको सरकार बनाउने भनेर राजनीतिक दलहरुबीच छलफलको विषय छ । जसको सरकार बनेपनि स्थिर सरकार र सुखी नेपाली समृद्ध नेपालको सपना पुरा गर्ने सरकार बनोस् ।’


मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै राजनीतिक दलहरुको बहुमत नआएकाले कसको सरकार बन्न भन्ने चासोको विषय रहेको छ । युवा विद्यार्थीहरुले जसले सरकार बनाएपनि स्थिर र आमनागरिकको सरकार बनाउन आग्रह गरेका छन् । 


समाजले परिर्वतन, पुस्तातरण खोजेकाले पार्टीमा योगदान दिएकाहरुलाई सम्मान गर्दै युवाहरु अगाडी बढेकाले अब शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा ध्यान दिन विद्यार्थी नेताहरुको माग छ । अनेरास्ववियु पिएनका अध्यक्ष पोखरेलले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन नसकेको भन्दै यसको निर्वाचन गर्न समेत माग गरेका छन् । 

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्