सहारा क्लबलाई हिमश्री फुड्सको सहारा

आहा! रारा गोल्डकपको ब्राण्डमा थपियो ‘पोखरा’

पाेखरा | मंसिर १३, २०७९

सहारा क्लबलाई हिमश्री फुड्सको सहारा

पोखरा:  सहारा क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको आहा! रारा गोल्डकपको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले आगामी १० वर्षका लागि सम्झौता थप गरेको छ ।


पोखरामा मंगलबार आयोजित हस्ताक्षर कार्यक्रममार्फत २०५८ सालदेखि मुख्य प्रायोजन गर्दै आएको हिमश्री फुड्स प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले हस्ताक्षर गर्दै सम्झौता समयावधि १० वर्षका लागि बढाइएको हो ।


उक्त सम्झौता अनुसार सहारा क्लब पोखरालाई हिमश्री फुड्स प्रालिले पहिलो ३ वर्षमा १८ लाख,  दोस्रो ३ वर्षमा २१ लाख, तेस्रो ३ वर्षमा २४ लाख र ०८८ सालमा २७ लाख रुपैयाँका दरले रकम सहयोग गर्नेछ । भने पहिलो २ वर्षको किस्ता स्वरुप ३० लाख प्राप्त भइसकेको छ । 


सो अवसरमा बोल्दै प्रालिका निर्देशक किरण केसीले उत्पादनसँगै सहारा क्लबको समाजसेवमा थप १० वर्ष जोडिन पाएकोमा खुशी व्यक्त गरे । ‘सहारा क्लब प्रतियोगिता मात्र होइन समाजसेवामा पनि जोडिएको छ । त्यसैले सकारात्मक काममा हाम्रो उत्पादनसँगै जोडिन पाएकोमा हामी केसी परिवार हर्षिद छौ । र यो साथ १० वर्षका लागि थप गरेका छौं ।’


यसैगरि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले सहारा क्लबलाई सदैव सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘रंगशालामा प्रतियोगिता गर्न चाहाने सबै संस्थालाई स्वागत छ’ उनले भने, ‘नाफामूलक गर्छु भन्नेलाई सहयोग गर्न सकिदैन । तर समाजसेवाका लागि खेलकुद विकासको लागि काम गर्नेहरुका लागि रंगाशालाको गेट सधै खुल्ला छ । तर सरसफाई र संरक्षणमा ध्यान दिनुपर्छ ।’ 


आहा! रारा गोल्डकपको ब्राण्डमा थपियो ‘पोखरा’ 

 

आहा! रारा गोल्डकप २२ औं संस्करणमा आइपुग्दा नाममा परिवर्तन गरिएको छ । २०५८ बाट क्याराभान गोल्डकप फुटबल प्रतियोगिताबाट अगाडी बढेको गोल्डकप २२ औं संस्करणमा आइपुग्दा मोफसलकै बहुप्रतिष्ठित प्रतियोगिता भएको ठहर गर्दै प्रतियोगिताको नाम परिवर्तन गरिएको हो ।


क्लबका अनुसार अब उक्त प्रतियोगिताको नाम ‘आहा ! रारा पोखरा गोल्डकप’ भएको  छ ।  क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरि पोखरालाई स्पोर्टस् (खेलकुद) हबको रुपमा परिचित गराउने उद्धेश्यसहित ब्राण्डमा ‘पोखरा’ थप गरिएको स्पष्ट पारे  । 


उनले मुख्य प्रायोजकको रकम वृद्धि भएको बताउदै पुरस्कार राशीमापनि केही बृद्धि गरिने जानकारी दिएका थिए । यस पटकको २२ औं संस्करणको प्रतियोगिता आगामी पुष १२ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।


सहारा क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा हाल ३० जना आश्रित छन् ।

पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ ।      समाजि...

थप पढ्नुहोस्

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्