​धनुषा ४ मा कांग्रेसका यादवको अग्रता

धनुषा | मंसिर १२, २०७९

​धनुषा ४ मा कांग्रेसका यादवको अग्रता

धनुषा:   यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचन अन्तर्गत  धनुषा– ४ मा  मतगणना जारी रहेको छ ।   मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ ।  मतगणनाको  सुरुदेखि नै नेकपा (एमाले)रघुवीर महासेठले अग्रता लिनुभएको थियो । 


मतगणनाको पछिल्ला विवरण  अनुसार यादवले छ सय ८६ मतले अग्रता लिनुभएको छ । उहाँले २७ हजार दुई सय छ मतप्राप्त गर्नुभएको छ   भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गर्नुभएको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिनुभयो । 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्