रामेछापमा एमालेका ढुंगेललाई पराजित गर्दै कांग्रेसका कान्छाराम विजयी
रामेछाप | मंसिर ११, २०७९
रामेछाप: रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।
नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम विजयी भएका हुन् ।
एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८८ हजार ६८० मत खसेको थियो । त्यसमध्ये ८३ हजार ८९९ मत सदर भएकोमा कान्छारामले ४७ हजार ९९ मत ल्याए भने एमालेका ढुङ्गेलले ३० हजार ७ सय ३० मत पाए ।
यस्तै, प्रदेश सभा (१) मा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १७ हजार १४८ मत प्राप्त गरे ।उनका प्रतिद्वन्द्वी एमालेका शान्ति पौडेललाई १५ हजार १५७ मत पाए । श्रेष्ठले पौडेललाई १ हजार ९९१ मतान्तरले मतले पराजित गरेका हुन् ।
प्रदेश सभा (२) मा पनि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलनकुमार घिसिङलाई पराजित गरेका हुन् ।
चौलागाईंले २१ हजार २३९ मत प्राप्त गर्दा घिसिङले १७ हजार ४१३ मत पाए ।
यसपटक रामेछापमा खसेको मतको चार हजार ७८१ मत बदर भएको छ ।
पोखरा: तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने भएको छ। तमु जातिको महान चाड एवम नयाँबर्ष आगमनको अवसरमा आउदो पुस १४, १५ र १६ गते पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव २०८२ ग...
काठमाडौं: आज बालाचतुर्दशीको दिन पितृउद्धारको कामना गर्दै देशभरका शिवालय र शिवमन्दिरहरुमा शतबीज छर्नेहरुको घुइँचो लागेको छ। काठमाडौँको पवित्र पाशुपत क्षेत्रमा हिजो साँझदेखि नै जाग्राम बसेर आज विहा...
काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुसन्धानका लागि प्रसाईंलाई ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर ...

