कास्की–२ (२) मा कांग्रेसका विन्दुकुमार विजयी
पाेखरा | मंसिर ८, २०७९

पोखराः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की–२(२) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी हुनुभएको छ ।
आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका थापाले नौ हजार दुई सय ८० मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवार मीना गुरुङले सात हजार नौ सय ७१ मत ल्याउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले तीन हजार नौ सय तीन र नेपाल सुशासन पार्टीका कृष्ण भुजेलले तीन सय ६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका लक्ष्मण विश्वकर्माले दुई सय ६६, जनता समाजवादी पार्टीका धनबहादुर परियारले दुई सय एक, स्वतन्त्र उम्मेदवारहरु श्रमिक घर्ती क्षेत्रीले चार सय ६५, मोनिका तामाङले ५२ र लिलमाया पुन गुरुङले ३२ मत ल्याउनुभएको छ ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्र...
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । &nbs...
पोखरा: नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका–५, सुनपदेलीमा शुभ...