मुल्य वृद्विको विरोधमा उत्रिएका एमाले निकट ६ कार्यकर्ता पक्राउ

पाल्पा | जेठ १२, २०७९

मुल्य वृद्विको विरोधमा उत्रिएका एमाले निकट ६ कार्यकर्ता पक्राउ

पाल्पा:   पेट्रोलियम पदार्थको मुल्य वृद्विको विरोधमा उत्रिएका एमाले निकट विद्यार्थी तथा युवा संगठनका ६ जना कार्यकर्तालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ ।

 

तानसेन नगरपालिका स्थित आन्दोलन चोकमा चक्का जाम गर्न खोज्ने युवा र विद्यार्थी संगठनका ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।

 

उनका अनुसार पक्राउ पर्नेमा युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधिर भट्टराई, तानसेन नगर अध्यक्ष राजेश भट्टराई, अनेरास्वयवियुका जिल्ला अध्यक्ष हिरा कुल कुवँर, युवा संघका जिल्ला सदस्य कृष्ण बस्याल र शिशिर बस्याल रहेका छन् ।

 

पक्राउ परेका उनीहरुले सवारीसाधन आवतजावतमा अवरुद्ध गर्न लागेका थिए ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्