सिन्धुली २ मा माओवादी केन्द्रका दाहाल विजयी

सिन्धुली | मंसिर ७, २०७९

सिन्धुली २ मा माओवादी केन्द्रका दाहाल विजयी

सिन्धुली:  सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ पाँच हजार आठ सय ३० मतान्तरले विजयी हुनुभएको हो । 

    
दाहालले २७ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । दाहालका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार छ सय ८७ मत प्राप्त गर्नुभएको छ ।


यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो हुनुभएको छ । उहाँले एक हजार पाँच सय ५३ मत प्राप्त गर्नुभएको छ । राप्रपाका भीष्मराज श्रेष्ठ एक हजार तीन सय ४० मत प्राप्त गरेर चौथो हुनुभएको छ ।

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्