मिडटाउन सिनेमाजमा मगर चलचित्र ‘मीसार’ को विशेष प्रदर्शन
कास्की | जेठ ११, २०७९
पोखरा: म्याक्सन फोरडी स्टुडियोको चौथो प्रस्तुतिमा निर्मित मगर समुदायको संस्कार संस्कृतिमा आधारित चलचित्र ‘मीसार’ को विशेष प्रदर्शन पोखरामा हुने भएको छ । एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजनामा यहि जेष्ठ १२ गते बिहीबार विहान ८ बजे पोखराको मिडटाउन सिनेमा हलमा सो चलचित्र प्रदर्शन हुने भएको हो ।
चलचित्र मगर समुदायको संस्कार र संस्कृतिमा आधारित उक्त चलचित्रमा नेपाली र मगर भाषा प्रयोग गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए ।
उनका अनुसार सो चलचित्रमा दवेन्द्र थापा तुमसिं, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, रविन्द्र थापा मगर, भेष गुरुङ, भेष बहदुर पिठाकोटे मगर, कोटबहादुर बाचे मगर, निशा थापा मगर, पबित्रा थापा मगर, प्रेम माया आले मगर, मनिराज थापा मगर, चन्द्र मगर, सुमन आले मगर, धना राना मगर, वसन्त सारु मगर, मनमाया आले मगर लगायतको अभिनय रहेको छ ।
उक्त चलचित्रको कथा, छायाँकन, सम्पादन र निर्देशन शेरबहादुर पिठा मगर र सन्तोष पिठाकोटे मगरले गरेका छन् ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

