अर्जेन्टिना पहिलो खेलमै पराजित

काठमाडाैं | मंसिर ६, २०७९

अर्जेन्टिना पहिलो खेलमै पराजित

काठमाडौंः   कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह सि मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ ।


कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । 


खेलमा पहिलो आग्रता भने अर्जेन्टिनाले लियो । कप्तान लियोनल मेस्सीले खेलको १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को आग्रता दिलाए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए । तर अर्जेन्टिनाको आग्रता लामो समयसम्म टिक्न सकेन ।


पहिलो हाफमा १(० ले पछि परेको साउदीले दोस्रो हाफमा दुई गोल ग¥यो । खेलको पहिलो हाफमा फितलो खेल प्रदर्शन गरेको साउदीले दोस्रो हाफको सुरुवातदेखि नै अर्जेन्टिनालाई दबाबमा राखेको थियो । 


खेलको ४९औं मिनेटमा साउदीका सालेह अल सेहरीले गोल गर्दै खेल बराबरीमा ल्याए । फेरास अल्ब्रिकानको पासमा क्रिस्टियन रोमेरोलाई बिट गर्दै उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको पाँच मिनेटमै साउदीका सालेम अल दसारी गोल गर्दै २–१ गोलको आग्रता बनाए । सालेमले पेनाल्टी क्षेत्रको भित्रबाट गरेको प्रहार गोलमा परिणत  भएको थियो । 


जितसँगै साउदीले तीन अङ्क जोडको छ । आजै हुने दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डि’मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल अहिले साँझ ६ः४५ बजे सुरु हुनेछ ।

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्