भोट हालेपछि प्रचण्डले भने–हामी मिलेरै प्रधानमन्त्री टुङ्ग्याउँछौँ
भरतपुर | मंसिर ४, २०७९
भरतपुर: नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछि पनि गठबन्धन कायमै रहने बताउनुभएको छ ।
आज मतदान गरेपछि उहाँले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीकै लागि आफूहरू विवाद नगर्ने स्पष्ट पार्नुभयो । कांग्रेसबट पनि साथीहरू हुनुहुन्छ । शेरबहादुर देउवाजी र गगन थापाजीको पनि कुरा छ तर हामी मिलेरै प्रधानमन्त्री टुङ्ग्याउँछौँ, उहाँले भन्नुभयो ।
गठबन्धनको स्पष्ट बहुमत आउने र आफूहरूले नै सरकार बनाउने पनि प्रचण्डले जानकारी दिनुभयो । प्रचण्डले शान्तिपुरस्थित प्रहरी स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले मतदान गरेसँगै चितवनमा मतदान सुरु भएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

