पोखराको ‘वेटिङ मेयर’मा धनराज, ९ मत हराएपछि मतगणना स्थगित
कास्की | जेठ १०, २०७९

पोखरा: पोखरा महानगरपालिकाको मतगणनाको दौरान वडा नम्बर १८ को ९ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । सोही कारण हाल मतगणना स्थगित भएको छ ।
हालसम्मको मतगणना अनुसार गठबन्धनका उम्मेदवार धनराज आचार्य महानगरको मेयरमा सुनिश्चित भएका छन् । ‘वेटिङ मेयर’ आचार्यले हालसम्म ५६ हजार ३ सय ३८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी थापाले ५१ हजार ३ सय ५१ मत पाएका छन् ।
आचार्य भन्दा थापा ४ हजार ९ सय ८७ मतले पछि छन् । आचार्यको जितको औपचारिक घोषणा भने हुन बाँकी छ ।
पोखरा महानगरको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ दोहोरिने निश्चित देखिएको छ । उनले ५८ हजार ७ सय ४६ मत पाएकी छिन् । भने रानाभाटले ५४ हजार ७ सय १४ मत प्राप्त गरेकी छिन् ।
निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कोपिला रानाभाट भन्दा गुरुङ ४ हजार ३२ मतले अघि छिन् ।
पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । सो मध्ये ४ हजार ६ सय २ मतगणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। शनिबार बसेको रास्वपा सचिवालयको ‘भर्चुअल’ बैठकले भिजिट भिसा प्रकरण मुछिएका उनलाई तत्काल राजीनामा...
काठमाडौं: डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेर...
काठमाडौं: गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका घटनासँग जोडिएर आ...