पोखरामा महिलामैत्री मतदान केन्द्र

पाेखरा | मंसिर २, २०७९

पोखरामा महिलामैत्री मतदान केन्द्र

कास्कीः  पोखराको लेखनाथस्थित जनप्रकाश उच्च मावि मतदान स्थलको मतदान केन्द्र (घ) लाई महिलामैत्री केन्द्र बनाइएको छ । 

 

छ वटा निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी बटुली सक्नुभएकी गीता न्यौपानेको नेतृत्वमा सहायक मतदान अधिकृतसहित आठ जना महिला कर्मचारी खटाइएको छ । प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले जनप्रकाश मावि मतदान स्थलको एक मतदान केन्द्रलाई महिलामैत्री बनाइएको जानकारी दिनुभयो । 

 

कास्की निर्वाचन क्षेत्र नं १ अन्तगर्तको उक्त मतदान स्थलको ‘घ’ मतदान केन्द्रमा आड सयभन्दा बढी मतदाता रहेको जानकारी निर्वाचन कार्यालयले दिएको छ । 

 

कास्की निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्दै मतदान अधिकृत न्यौपानेले भन्नुभयो, जसरी निर्वाचन कार्यालयले महिलामैत्री मतदान केन्द्रको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ त्यसरी नै उत्कृष्ट मतदान अधिकृतको रुपमा आफूलाई उभ्याउने उहाँले बताउनुभयो । 

 

उक्त केन्द्रबाट मतदान गर्ने हरेक मतदाताले सहज, भयरहित, निष्पक्ष, र स्वच्छरुपमा मतदान गर्ने वातावरण सृजना गर्ने प्रतिबद्धतासमेत उहाँले  व्यक्त गर्नुभयो । उक्त मतदान केन्द्रमा मतदान अधिकृत न्यौपानेसहित आठै जना स्वास्थ्य क्षेत्रका कर्मचारी हुन् । 

 

सञ्चारकर्मीसँग कुरा गर्दै मतदान अधिकृत न्यौपानेले भन्नुभयो, “हामी सबै स्वास्थ्य क्षेत्रका कर्मचारी हौँ मतदानको समयमा कुनै मानिस अचानक बिरामी परेमा प्राथामिक उपचारसमेत गर्न सक्छौँ । ”

 

त्यसैगरी पोखराको बसुन्धरा पार्कको मतदान केन्द्रमा समेत महिलामैत्री मतदान केन्द्र रहेको जानकारी जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ गीता दोरञ्जाले मतदान अधिकृतको भूमिका निभाउनुभएको जानकारी निर्वाचन कार्यालयले दिएको छ । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्