कुमारजीले अघि सारेका योजना पुरा गर्ने दायित्व बोकेर आएको छु:  उम्मेदवार थापा

पाेखरा | मंसिर १, २०७९

कुमारजीले अघि सारेका योजना पुरा गर्ने दायित्व बोकेर आएको छु:  उम्मेदवार थापा

पोखराः   गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले आफुले कुमार खड्काले अघि सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 


पाँच दलिय गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) प्रत्येक्ष उम्मेदवार बनेका थापाले आफु क्षेत्र २ को विकासमा दत्त चित्त भएर लागि पर्ने बताएका छन् । पोखरा महानगरपालिका वडा १६ स्थित बाटुलेचौरमा कोणसभा गर्दै उक्त कुरा बताएका हुन् । क्षेत्र २ मा कांग्रेसको जित निश्चित देखेपछि विभिन्न तरिकाले कुमार खड्कासँग जोडेर कांग्रेसलाई हराउने षडयन्त्र बुन्ने काम भएको समेत उनले बताए । 


थापाले वडा १६ मा उर्लिएर आएको जनताको उत्साह र जोशले चुनाव जितको नजिक पुगेको अनुभव आफुले गरेको समेत बताए । उनले यस अघिको चुनावी रेसमा पार्टीले २०७४ सालको नतिजालाई हेरेर आफुलाई टिकट दिएको र त्यहि कुरालाई लिएर अहिले केहि व्यक्तिले गलत तरिकाले अफवाह फैलाएको समेत बताए । विन्दु थापा उम्मेदवार भन्दा पनि कांग्रेस उम्मेदवार भएको अभिव्यक्ति उनको थियो । कांग्रेसले जित्नु भनेको गठबन्धनले जित्ने विषय भएको उनले बताए । सोही क्रममा पछिल्लो समय निकै चर्चामा आएको कुमार खड्का र आफुबीचको बारेमा स्पष्ट पार्दै उनले निकै ठूलो अफवाह फैलाउने काम भएको बताए । 


‘कुमारजी र मेरो बीच धेरै अफवाह फैलाइयो । एउटै खाटमा सुत्दा ठोक्किन्छ नै । हामी बीच दुस्मनी छैन हामी मित्र हौं । उहाँ बौद्धिक व्यक्ती हुनुहुन्छ’, उनले भने,‘उहाँले (कुमार खड्का)यहाँ धेरै काम गर्नु भएको छ । उहाँले अघि सारेको योजनालाई पूरा गर्ने जिम्मा मेरो हो ।’ 


उनले बुधबार राति आफु घरदैलो कार्यक्रमको बेला गायक बस्तिमा गई फर्कने क्रममा आफुमाथि नियोजित तरिकाले दुव्र्यवहार भएको बताए । ‘ हामीले गायक बस्तिमा घरदैलो सकाएर आएका थियौँ । मेरो गाडी भएको ठाउँसम्म हिडेर गएका थियौँ साझँको करिब साढे सात बजेको थियो’ उनले, ‘म माथीठूलो दुर्ववहार भयो । हामी स्वस्थ प्रतिस्पर्धामा जानुपर्छ ।’ उनले आफुमाथि पैसा दिएको भन्ने आरोप लागेको र कसैले एक हजार रुपैयाँमात्र बाडेको सप्रमाण देखाएमा आफुले तत्कालै राजनीतिबाट शन्यास लिने बताए ।
 

काठमाडौंः  प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो ग्रसकलेक्सन गरेको छ ।  पहिलो साता यो चलचित्रले पाँच करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको ...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ।  शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपालको सुपर थ्री यात्रा तय भएको हो। यो नतिजापछि ने...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पु...

थप पढ्नुहोस्