निर्वाचनपछि पनि सरकारको नेतृत्व कांग्रेसले गर्छ: उम्मेदवार सिंह

काठमाडाैं | मंसिर १, २०७९

निर्वाचनपछि पनि सरकारको नेतृत्व कांग्रेसले गर्छ: उम्मेदवार सिंह

काठमाडौँ:  क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको बताउनुभएको छ ।


आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा कुरा गर्दै उहाँले तीन तहका सरकारले आफ्नो हिसाबले जनतामा सेवा प्रवाह गर्न नसकेका कारण सङ्घीयता लागू भए पनि केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयताबीचको भिन्नताबारे मतदाताले प्रश्न गरिरहेको उल्लेख गर्नुभयो ।


पूर्वउपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सङ्घीयतामा तीन तहको सरकार सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यो भएको छैन । त्यो नभएकै कारण मात्र एकात्मक व्यवस्था र सङ्घीयताको फरक के हो भन्नबारे सर्वसाधारणबाट प्रश्न भएको छ, त्यसलाई अधिकारका साथ काम गरेर देखाउन चाहन्छौँ ।”


उहाँले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व गर्यो अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पनता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने दृढता व्यक्त गर्नुभयो ।


मुलुकका सबै तह र तप्कालाई मिलाएर लग्ने खालको आर्थिक एजेण्डाको नेतृत्व गर्न कांग्रेस अगाडि बढेको  बताउँदै पार्टीका पूर्वमहामन्त्री सिंहले  ‘केन्द्रमा प्रभाव क्षेत्रमा विकास’ भनेर आफ्नो चुनावी प्रतिबद्धतापत्रमै स्पष्ट भनेको बताउनुभयोे ।

 
निर्वाचनपछि  नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुने दाबी गर्दै उहाँले  सामान्यतया ठूलो पार्टी जो छ त्यसले नै नेतृत्व गर्छ भन्नुभयो । जनता र राष्ट्रहितलाई ध्यान दिँदै अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध राम्रो बनाएर सबै मित्रराष्ट्रको सहयोग र समर्थन प्राप्त गरेर जनतालाई आवश्यकतानुसारको सेवा र सुविधासहित देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन पार्टी दृढ रहेको उम्मेदवार सिंहले बताउनुभयो । 


निर्वाचन घरदैलोका क्रममा मतदाताले खानेपानी र राजनीतिक स्थिरताका बारेमा जिज्ञासा राखेको बताउँदै पूर्वउपप्रधानमन्त्री सिंहले परियोजना पुनःस्थापित गर्ने काम भइराखेकाले अब छिट्टै नै पानी निरन्तररूपमा आउने विश्वास दिलाउनुभयो ।

सर्लाही:   सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहर...

थप पढ्नुहोस्

पोखरा:   अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...

थप पढ्नुहोस्

म्याग्दी: म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजात...

थप पढ्नुहोस्