पुम्दीकोटमा डेढ करोड लगानीमा खोले बरालले ‘लज’
पाेखरा | मंसिर १, २०७९
कास्की: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका रामजी बरालले लज सञ्चालनमा ल्याएका छन् ।
गतवर्षदेखि पोखरा महानगरपालिका २२ पुम्दीकोटमा ‘जय शम्भो पुम्दीकोट लज एण्ड रेष्टुरेन्ट’ सञ्चालनमा रहेको बरालका छोरा कुलप्रसादले जानकारी दिए । उनका अनुसार हाल प्राविधिक कारणले एक महिना सेवा बन्द गरिएको छ ।
सो लज आफुले हेर्दै आएको बताउदै पारिवारिक लगानी रहेको कुलप्रसादले बताए । ‘हामी कोही पनि छुट्टिएका छैनौं, उनले भने, ‘त्यसैले पारिवारिक लगानी नै भन्न मिल्छ र म माननीय कै छोरा हो नि ।’
लज स्थापनाको मूख्य उद्देश्य धार्मिक र आन्तरिक पर्यटनलाई बढावा दिने रहेको उनले जनाए । यससँगै पर्यटनमार्फत आत्मनिर्भर र उद्यमी हुनपनि व्यवसायले सघाउ पुग्ने उनको धारणा छ ।
करिब डेढ करोड रुपैयाँ लगानी रहेको लजमा एक डिलक्ससहित पाँच कोठा, रेष्टुरेन्ट र ६० जना अट्ने सेमिनार हल रहेको छ । शिव मन्दिरबाट सो लज पाँच मिनेटको पैदल दूरीमा रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता एवम् मन्त्री बराल आसन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...
पोखरा: १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...
काभ्रेपलाञ्चोक: पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

