पोखरामा मंसिर २४ गते ‘जिफान साँझ’ हुने

पाेखरा | मंसिर १, २०७९

पोखरामा मंसिर २४ गते ‘जिफान साँझ’ हुने

 पोखरा:  गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) द्वारा आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको बताए ।


पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसंग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने कुरा अध्यक्ष गुरुङले बताए । उनले झण्डै ५ करोड संकलन गर्ने योजना सहित कार्यक्रम आयोजना गरिएको र यसमा गुरुङ चलचित्रलाई माया गर्ने सम्पूर्णको साथ दिने कुरा बताए । ‘हाम्रो आफ्नै भवन निर्माण भएपछि यसबाट निकै लाभान्वित हुने विश्वास लिएको छु। यसले सम्पूर्ण चलचित्रकर्मी, भाषा, कला र सस्कृतिको प्रवर्द्दन एवम् संरक्षणमा टेवा पुग्ने छ ।’ उनले भने ।


संस्थाका महासचिव लब्सन गुरुङले जिफानले विभिन्न चलचित्र तथा गीतसंगीत मार्फत गुरुङ समुदायको भाषा, कला र सस्कृतिलाई जोगाउन उलेखनीय भूमिका खेलेको बताए । ‘२७ वर्ष देखि हामीले यस क्षेत्रबाट आफ्नो कला र सस्कृति जोगाउन लागिपरेका छौं। त्यसकारण हाम्रो योगदानको  मुल्यांकन तमु धिं जस्ता गुरुङको अग्रणी संस्था, तमु पें ल्हु संघ तथा विभिन्न संघ संस्थाले गर्ने विश्वास लिएको छु। ’ उनले भने, ‘उहाँहरुले हाम्रो यस कदममा साथ अपिल गर्न चाहान्छु ।’ महासविचले स्थापनाकालदेखि विभिन्न समस्या र चुनौतीका बाबजुद चलचित्र मार्फत गुरुङ समुदायको गरिमा र प्रतिष्ठालाई उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको जिफानको यस अभियानलाई सफल बनाउन देश तथा विदेशमा अरु कार्यक्रमपनि गर्ने योजना भएको सुनाए । 


त्यसै गरि संस्थाका उपाध्यक्ष सन्तोस कोन्मेले कार्यक्रममा २०५२ साल देखि हालसम्म निर्माण भएर जिफानमा दर्ता भई प्रदर्शन भएका चलचित्रहरुको पोष्टर प्रोजेक्टर तथा बोर्ड मार्फत प्रदर्शन अनि लोकप्रिय गायक गायिकाद्वारा गीत प्रस्तुत गर्ने कुरा जनाए । यस्ता कार्यक्रम आयोजना हुँदा कोभिड पछि सुस्त भएको गुरुङ चलचित्र तथा गीतसंगीतको गतिविधि पनि बढ्ने कोन्मेको भनाई छ ।


विधिवत् रुपमा २०६५ सालमा स्थापना भएको जिफानमा हाल सम्म १६० वटा चलचित्र दर्ता भएको छ । २०५२ सालमा पाते निर्माण गरेपछि सुरु भएको गुरुङ चलचित्र देशको दोस्रो ठुलो बजारको रुपमा लिइन्छ ।
 

नवलपरासी:  पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे...

थप पढ्नुहोस्

ललितपुर:  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको आज उद्घाटन गर्नुभएको छ । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित क...

थप पढ्नुहोस्

सिन्धुली:   काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्लास्थित सुरक्षा समन्वय समितिको बैठकले बीपी राजमार्गमा रातिको सवारी साधन सञ्चालनमा १५ दिनलाई रोक लगाउने निर्णय गरेको छ। शुक्रबार मूल्कोटमा सम्पन्न बैठकले...

थप पढ्नुहोस्