मुलुक समृद्ध बनाउन गठबन्धन: प्रधानमन्त्री देउवा

डडेल्धुरा | कात्तिक ३०, २०७९

मुलुक समृद्ध बनाउन गठबन्धन: प्रधानमन्त्री देउवा

डडेल्धुरा:  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन र संविधान रक्षाका लागि वर्तमान सत्ता गठबन्धन अझै लामो समयसम्म कायम राख्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।


बुधबार गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले संविधान मिचिने खतरा बढेकाले पनि गठबन्धन गर्नुपरेको बताउनुभयो ।


“संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेल्न खोजियो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “त्यसैले हामीले अस्थिरता अन्त्यका लागि गठबन्धन गरेर अघि बढेका हौँ ।”


लामो समय मुलुकको विकास एवं समृद्धिका लागि अघि बढेकाले गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन उहाँले आग्रहसमेत गर्नुभयो । उहाँले स्थानीय सडक पूर्वाधार निर्माण, खानेपानी समस्या समाधान गर्नुका साथै बगरकोट शीर्ष रुपालसम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको बताउनुभयो ।


“अब चाँडै बगरकोट–बोकटा–गर्खा–लामीकाँडे सडक बनाउने छौँ”, उहाँले भन्नुभयो, “समग्र डडेल्धुराको विकासका काम अघि बढाइनेछ ।” 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्