प्रदेशका जनतालाई राहतमुखि कार्यक्रम: उम्मेदवार भण्डारी

पाेखरा | कात्तिक २८, २०७९

प्रदेशका जनतालाई राहतमुखि कार्यक्रम: उम्मेदवार भण्डारी

 

पोखरा: आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर ३ (क) का उम्मेदवार दुर्गादत्त भण्डारीले महंगी नियन्त्रणका लागि प्रदेश स्तरमा नै अभियान सञ्चालन गर्ने बताएका छन् ।


‘बढ्दो महङ्गीले जनताको जीवन कष्टकर बनेको छ । खाद्य सामग्रीदेखी लत्ताकपडा सबैमा मुल्य वृद्धि भएको छ, राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न कारणले जनताको जीवन असहज हुने गरी बढेको मुल्यवृद्धिप्रति जनता रुष्ट छन् । न्यून आय भएका नागरिकलाई हातमुख जोर्न समेत धौ धौ छ ।’ उनले भने, यो महंगी यसरी नै बढ्ने हो भने नागरिकको जीवन निम्नवर्गीय समुदाय जोखिममा पर्ने खतरा देखियो ।’


उनले यो समस्यालाई प्रदेश स्तरबाट नै समाधान गर्न सकिने र आफु विजयी भएमा गण्डकी प्रदेशको महंगी नियन्त्रण गर्न अभियान चलाउने दावी समेत गरे ।


चुनावी अभियानका क्रममा जनताबाट चरम महङ्गीको मारमा आफूहरु परेको गुनासा पछि वडा नं १ र २ मा भएका कार्यक्रमहरुमा उम्मेदवार भण्डारीले आफू विजयी भएर गएपछि प्रदेश सरकारसँग जनतालाई राहतमुलक कार्यक्रम ल्याउनका लागि दवाव दिने प्रतिवद्धता जनाए ।


उनले भने, ‘साँच्चै महङ्गीले जनताको ढाड सकेको छ । म पनि सामान्य परिवारको मान्छे भएकाले गहिरो अनुभुति मलाई पनि छ । हामी विजयी भएर गईसकेपछि मुल्यवृद्धि रोक्न र जनतालाई महङ्गीबाट राहत दिने कार्यक्रम सरकारबाट ल्याउन लाग्नेछु ।’


उम्मेदवार भण्डारीले पाँच वर्ष स्थिर सरकार बनाएर विकास र समृद्धिको नेतृत्व गठबन्धनले गर्ने बताए । उनले अबको युग समृद्धिको युग बन्ने उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहमा गठबन्धनको सरकार बन्ने र सो सरकारले समृद्धि सहित सुशासन दिने स्पष्ट पारे ।


बागलुङ् बसपार्कको स्तरोन्नति, प्राचिन मौलिक घर तथा मठमन्दिरको संरक्षण लगायतका कामको  नेतृत्व आफूले गर्ने भण्डारीले बताए ।


उम्मेदवार भण्डारी सहितको गठबन्धनको टोलीले वडाका बागबजार, ट्याक्सीचोक, नयाँगल्ली, मिरुवा, विन्ध्यवासिनी लगायतका स्थानमा घरदैलो गर्दै सुशासन र विकासका लागि मत दिएर विजयी गराउन आग्रह गरेको थियो । 
 

काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...

थप पढ्नुहोस्

सर्लाही:   सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहर...

थप पढ्नुहोस्

पोखरा:   अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...

थप पढ्नुहोस्