हेम्जाको सुईखेत खोला नियन्त्रण गर्न एमाले उम्मेद्वारको जोड
पाेखरा | कात्तिक २८, २०७९

पोखरा: नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार दामोदर पौडेल बैरागी र ३ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङले पोखरा २५ हेमजामा रहेको सुईँखेत खोलाले वर्षेनी मानव वस्ती र खेतियोग्य जमिनमा असर गरेको भन्दै यसको नियन्त्रण गर्ने बताएका छन् ।
मंसिर ४ गते हुने निर्वाचन केन्द्रित घरदैलो पछि हेमजाको कालिकाचोकमा भएको कोणसभामा उनीहरुले सुईखेत खोलाको नियन्त्रण गर्ने नयाँ भिजन आफूहरुसँग भएको बताउँदै हेमजावासीले आउदो वर्खामा सुईखेत खोलाको असर भोग्न नपर्ने उल्लेख गरे । उम्मेद्वारद्धयले हेमजा कृषिको पकेट क्षेत्र मानिने हुदा कृषिको विकासमा पनि जोड दिने बताए ।
कोणसभामा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडल वैरागीले एमाले नेतृत्व सरकारको पालामा छुट्याईएको बजेट आफ्नो पालामा वितरण गरेको भन्दै झुटको खेति गरि जनताका माझ भ्रम फिजाएको बताउँदै झुटको खेति गर्दै मत माग्न आउनेहरुसँग सजग हुन मतदातालाई आगह गरे । उनले भने–‘एमाले नेतृत्वको सरकारमा भएका कामको जस लिदै गठबन्धन सरकारले मतदातालाई भ्रम फैल्याउँदै, मत मागिरहेका छन् । तपाईहरु भ्रममा नपर्नुहोस् ।’
उनले सुखी नेपाली संमृद्ध नेपालको अवधारणालाई आत्मसात गरेको पार्टी नेकपा एमालेका उम्मेद्वारलाई सुर्य चिन्हमा मतदान गरि विजयी गराउन हेमजा बासीहरूलाई अपिल गरे ।
प्रदेश सभा सदस्य पदका उम्मेद्वार गणेशमान गुरुङले सुईखेत खोलाको उचित व्यवस्थापन गर्दै खेतियोग्य जमिनमा खेति लगाउने र अन्य जग्गा पर्यटकीय आकर्षणको गन्तव्यस्थल बनाउन पूर्वाधारको विकास गर्ने बताए । उनले कालिका चोक हुदै सेरा कास्कीकोट जाने पुल निर्माण हुदाहुदै रोकिएको भन्ने सुन्नमा आएको हुदा आफुले जितेर आएकै भोलि पल्टबाट उक्त पुलको काम शुरु गराउने बचन दिए ।
आफु खेलि हुर्केको हेम्जाको फाँट र खोलासँगको नाता स्मरण गर्दै उनले २५ नम्वर वडाको विकासका लागि आफु डटेर लाग्ने प्रतिबद्धता जनाए । उम्मेद्वारद्धयले आईतबार हेम्जाका याम्दी, तिब्बतियन क्याम, जैसिथर,साझा,मिलनचोक,प्रगतिचोक,म्याग्दी चोक हुदै कालिकाचोकमा घरदैलो गर्दै कोणसभामा सहभागि भएका थिए ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...