पौषमा ‘टुर दि पोखरा’को छैटौं संस्करण

राष्ट्रिय मेयरकप साइकल दौड ६ गते

पाेखरा | कात्तिक २७, २०७९

पौषमा ‘टुर दि पोखरा’को छैटौं संस्करण

पोखरा:   पोखरा महानगरपालिकको आर्थिक सहयोग र साइकल सिटी पोखराको आयोजनामा दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता हुने भएको छ । 


आइतबार साइकल सिटी पोखराले पोखरा महाननगरपालिकाका मेयर धनराज आचार्यले  प्रतियोगिताको झण्डा हस्तातरण गर्दै साइकल दौड प्रतियोगिताको मितिको घोषणा गरेको हो । 


छैठौं टुर दि पोखराका संयोजक राजन गोङ्गजुले पौष ६ गते दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता पोखराको रानीवनमा बिहान ८ बजे आयोजना हुने बताए । 


महिला पुरुष साइकल दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिले क्रमशः३०, २० र १० हजार पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगितामा सहभागिता निशुल्क गरेको छ । 


यस्तै साइकल सिटी पोखराले पौष ७ गते बागलुङ कालिका मन्दिर देखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली हुनेछ । साइकल र्‍यालीमा बागलुङ कालिकाबाट ७ः३० बजे पोखरा प्रस्थान गर्नेछ । 


कार्यक्रम संयोजक गोङ्गजुका अनुसार पौष ९ गते १ हजार ५ साइकलन यात्रीको साथमा पोखराको प्रर्दशनी केन्द्र, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, विन्ध्यवासिनी, बागबजार, टुडिखेल, हरिचोक, मिरुवा, जिरोकिलोमिटर, सभागृह,बिपि चोक, महेन्द्रपुल, रानीपौवा, सितलादेवी, भद्रकाली क्याम्पस, कुडहर, ३२ केभि, अमरसिँह, कालिकाचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक हुँदै प्रर्दशनी केन्द्र नयाँबजारमा आएर र्‍याली सम्पन्न हुनेछ । 


साइकल र्‍यालीसँगै लायन्स क्लब अफ पोखरा ग्रिन हिलको सहकार्यमा रक्तदान र सो साइकल प्रतियोगितासँगै राष्ट्रिय कलकारको सांगितिक कार्यक्रम आयोजना गरिएको राजन गोङ्गजुले जानकारी दिए । साइकल र्‍यालीसहित सांगितिक कार्यक्रममा सञ्चालनमा २५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।


पोखरालाई नयाँवर्षमा पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा छौः मेयर  आचार्य

 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नयाँ वर्षको अवसरमा पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । 

 

आज (आइतबार) साइकल सिटी पोखराले आयोजना गरेको साइकल दौड प्रतियोगिताको झण्डा हस्तातरण कार्यक्रममा बोल्दै पर्यटकीय राजधानीको रुपमा परिचित पोखरालाई औपचारिक रुपमै घोषणा गर्ने तयारीमा रहेको बताएका हुन् । ‘पोखराको पर्यटकको राजधानी हो’, उनले भने, ‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पोखरा महानपालिका र गण्डकी प्रदेश एकमत छ । नयाँ वर्षको अवसरमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीमा छौं ।’


पोखरा महानगरका मेयर आचार्यले पर्यटकीय राजधानी घोषणा गरेर मात्र नहुने भएकाले पोखराका सास्कृतिक सम्पदाको प्रचारप्रसारमा लाग्ने बताए । ‘पर्यटन क्षेत्र भनेर मात्र हुँदैन । होटल र रेष्टुरेन्टमा आउने पर्यटकले मात्र पुग्दैन । पर्यटकीय क्षेत्रबाट आम्दानी र रोजगारीका लागि साँस्कृतिक सम्पदा र सँस्कृति संरक्षणमा विशेष ध्यान पुर्याउन आवश्यक छ ।’ उनले भने ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्