फेवातालको पानी खाएर हुर्किएका पहारीलाई जिताउन लेकसाइडका युवाहरु संगठित
काठमाडाैं | कात्तिक २६, २०७९
पोखराः पर्यटकिय क्षेत्र लेकसाइडका युवाहरु आगामी निर्वाचनमा कास्की क्षेत्र नम्वर ३(२) मा राजीव पहारीलाई जिताउन संगठित भएका छन् ।
लेकसाइडलाई अन्र्तराष्ट्रिय पर्यटकिय केन्द्र बनाउन पहारीको जित आवश्यक भएको लेकसाइडका युवाहरुको ठम्याई छ । ‘लेकसाइडको सडकमा खाडलै खाडल थिए, सडकमा पानी जम्दा कायाक समेत गरेर व्याङग्य प्रदर्शन गरे, तर अहिले यहाँ पहारीले सांसद बनेपछि चिल्लो अस्फाल्ट पिच गरे’–हल्लनचोकका शोभित परियारले भने ।
पहारीको कार्यकालमा फेवातालको सौन्दर्यकरणका लागि फुटट्रयाकदेखि लेकसाइडका भित्री बाटोघाटो समेत ढलान पिच भएका छन् । राजीव पहारी लेकसाइडकै स्थानिय भएकाले पनि युवाहरुका सबै खाले समस्या पहारीले नै हल गर्ने बंग्लादीका अर्का युवा सुन्दर पहारीले बताए । ‘उहाँ फेवातालको पानी खाएर हुर्किएको मान्छे हो, यहाँको माटोले खोजेको विकास उहाँलाई नै थाहा छ, त्यसैले आगामी निर्वाचनमा फेरी पनि उहाँलाई नै जिताउन हामी लागि पर्नेछौं’-सुन्दरको भनाई छ ।
‘कोभिडबाट आक्रान्त पर्यटन व्यवसायलाई उकास्न पनि फेरी पहारीकै जितको खाँचो छ, उहाँले हाम्रो समस्या राम्ररी बुझ्नुभएको छ’ अर्का युवा सन्दीप बरालले भने । यहिबेला लेकसाइडका विभिन्न समुहहरु पहारीको पक्षमा मत माग्न घरदैलोमा छन् ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

