पृथ्वीनारायण क्याम्पसमा नमुना मतदान, ९ मत बदर
पाेखरा | कात्तिक २३, २०७९

पोखरा : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले पृथ्वीनारायण क्यापसमा नमूना मतदान गरिएको छ ।
गएको बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा मत बदर भएको भन्दै नेत्रहिन युवा संघ कास्कीले नमूना मतदान कार्यक्रम आयोजना गरेको हो ।
पोखरा महानगरपालिका १ बगरस्थित प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तरगत पृथ्वीनारायण क्याम्पसमा आज (बुधबार) आयोजना गरिएको नमूना मतदानमा ७० मत खसेको थियो ।
पृथ्वीनारायण क्याम्पसमा नमूना मतदान केन्द्रमा खसेको ७० मत मध्ये ९ मत बदर भएको नेत्रहीन युवा संघ कास्कीका अध्यक्ष सूर्यप्रसाद भट्टराईले बताए ।
‘क्याम्पसमा नमुना मतदान गरेका छौं, उनले भने, ‘कार्यक्रम सञ्चालन हुँदा नै केही विद्यार्थीहरु आएर मतदान गर्नुभयो तर सुरुमा भएको मतदान नै बदर भएको पाइयो । त्यसैले मतदाता शिक्षा आवश्यक देखिन्छ ।’
उनले मत बदर कम गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको बताए । ‘स्थानीय तह निर्वाचनमा मत बदर बढी भएकाले यसपटक बदर न्यूनीकरणका लागि नमूना मतदानको गरिएको हो, भट्टराईले भने, ‘मतदान गर्दा स्वष्तिक छाप लगाएर मतपत्र पट्याउन नजान्दा मत धेरै बदर भएको पाइएको छ । त्यसैले निर्वाचन आयोगले मतदाता शिक्षालाई तिव्रता दिन आवश्यक देखिन्छ ।’
नेत्रहीन युवा संघ कास्कीले अपाङ्गता भएका व्यक्तिहरुको लागि कार्यक्रम आयोजना गरिएको बताउदै मतदाता शिक्षा सबैलाई आवश्यक पर्ने भएकाले कास्कीको विभिन्न स्थानमा नमूना मतदान कार्यक्रमलाई निरन्तरता दिइने बताएइको छ ।
काठमाडौं: समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय,...
काठमाडौं: नेपाल सरकारले वर्तमान समयमा इजरायल र इरानको भ्रमण नगर्न अपिल गरेको छ । इजरायल र इरानबिचको द्वन्द्वका कारण सृजित घटनाक्रमलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक ...
तनहुँ: बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको चितुवाको आक्रमणमा परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन । गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा ...