अबको यात्रा बिकास र समृद्धको हो: बिश्वप्रकाश लामिछाने

पाेखरा | कात्तिक २३, २०७९

अबको यात्रा बिकास र समृद्धको हो: बिश्वप्रकाश लामिछाने

पोखरा : कास्की क्षेत्र न २ (ख) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले गण्डकी प्रदेशलाई समृद्ध बनाउँदै रोजगारी प्रदान गर्ने बताएका छन । चुनावी घरदैलोको क्रममा पोखरा १५ मा पुगेका लामिछानेले जनतालाई सम्बृद्धिको बाचा गरेका छन ।  

 

घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदातासँग भोट माग्दै लामिछानेले लोकतन्त्रको विकास गरी संविधानको रक्षा गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन ।  आफु गणतन्त्रका लागि लडेको सिपाही भएको उल्लेख गर्दै उनले कुनै स्वार्थमा नबिक्ने र जनताको सेवामा निरन्तर लाग्ने पनि बताएका छन ।

 

यस क्षेत्रलाई उत्कृष्ठ बनाउदै गण्डकी प्रदेशलाई नेपालकै पर्यटकीय राजधानी बनाउने लामिछानेले बताएका छन । जनताको समस्या समाधान गर्न गठबन्धनका उम्मेद्वारहरुलाई  जिताउनुपर्ने उनको जिकिर रहेको छ । आफ्नो जीवनको ४० वर्ष समाजसेवामै बिताएको स्मरण गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि जनताको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन ।  

 

लमिछानेले आफ्नो क्षेत्रको विकास र यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको समेत बताएका छन । लामिछाने पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा रहेर काम गरिसकेका ब्यक्ति हुन भने उनले फेवातालको मापदण्ड निर्धारण समितिको संयोजक भएर पनि काम गरीसकेका छन ।  एमाओवादी भित्र रहेर लामो समय काम गरिसकेका लामिछाने स्वस्छ छविका नेताका रुपमा चिनिन्छन । 

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्