प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्युठान | कात्तिक २३, २०७९

प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा दुर्घटना भएको मुगुबाट सुर्खेततर्फ आउँदै गरेको भे १ ज ४४१२ जीप । तस्बिर रासस

प्यूठान : प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा दुर्घटना  भएको हो । 

 

 प्यूठान नगरपालिका–१ खैराको पूर्णिमा मेला हेर्न गएका यात्रु बोकी प्यूठान नगरपालिका–५ पातलकटेरीतर्फ गइरहेको लु१ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पतलकटेरीकी ५२ वर्षीया मैयाँ घर्ती,  ४५ वर्षीय खुमान थापा र ४३ वर्षीया जुनकी थापाको घटनास्थलमै मृत्यु भएको वडासदस्य चूडामणि थापाले जानकारी दिनुभयो । उक्त घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल थापाले जानकारी दिनुभयो । स्थानीय र इलाका प्रहरी कार्यालय बिजुवारको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पु¥याएको थियो । 

 

जीप दुर्घटनाको कारण खुलेको छैन । जीपका चालक विनोद केएम फरार छन् । जीपमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ । 

पोखरा:   पोखरामा बसमा सवार महिलाले घाँटिमा लगाएको सुनको सिक्री चोरी गरी फरार रहेका २ जना काठमाडौंबाट पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भ...

थप पढ्नुहोस्

काठमाडौं:   सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्। सुनचाँदी व्यवस...

थप पढ्नुहोस्

काठमाडौं:  काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका हुन् । सो अघि बिहान ११ः०० बजे बजेट ...

थप पढ्नुहोस्