सांसद बन्ने दौडमा गुरुङ फिल्मका हिरो
पाेखरा | कात्तिक २२, २०७९

पोखरा । मंगलबार दिउँसो पोखरा १३ स्थित जय नेपाल मार्गमा एमालेको घरदैलो हुने कार्यतालिका थियो । कार्यक्रम हुने सुचना पाएपछि स्थानिय बासिन्दा नजिकको विश्राम स्थलमा जम्मा हुँदै थिए । केहि समयपछि गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ ख बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ उपस्थित भए ।
भेला भएर बसेका स्थानिय देखेपछि गुरुङले नमस्ते गर्दै भने नमस्ते म श्याम गुरुङ । गुरुङको वाक्य पुरा नहुँदै स्थानिय एक महिलाले गुरुङ भाषामा जवाफ फर्काए अँ सेम सेम, फिल्मर क्लोब हिरो श्याम। तले असेबु अर्थात अँ चिन्छु नि किन नचिन्नु ? गुरुङ फिल्ममा खेल्ने श्याम हैन ?
त्यसपछि श्याम गुरुङले मुस्कुराउदै भने ? यसपाली प्रदेश सभा सदस्यको लागि उम्मेद्वारी दिएको छु। मलाई भोट गर्नुस् ल ।
दुई जनाको रोचक वार्तालाप सुनिरहेका अर्का स्थानिय महिलाले गुरुङ भाषामा भने, ‘छली छ्याबा फिल्म बन्दीबा। ५ वर्ष नोरु गाउँपालिका पनि बन्दीबा। तरे प्रदेश पनि बन्दील तुबा ओ। ङला भोट मात्र अङी आशिर्वाद पनि मु।’ अर्थात फिल्म पनि धेरै राम्रो बनायो। ५ वर्ष अघि गाउँपालिकामा चुनेर गाउँपालिका पनि राम्रो बनाउनु भयो। अब प्रदेशलाई पनि बनाउनु पर्छ। हाम्रो भोट मात्र हैन आशिर्वाद पनि छ।
गुरुङ समुदायको बाहुल्य रहेको यस क्षेत्रमा गुरुङलाई राजनीतिक मात्र नभई कलाकारको हिसाबले पनि चिन्ने गर्छन् । राजनीति संगै लामो समय कलाकारितामा लागेका वेद बहादुर गुरुङ श्यामले थुप्रै गुरुङ सिनेमामा अभिनय र निर्देशन गरेका छन् । विशुद्द गुरुङ सिनेमा बनाएर गुरुङहरुको संस्कार संस्कृति जोगाउन योगदान पुर्याएका छन् । सिनेमा मात्र नभई गुरुङ संस्कार संस्कृति माथि लेख, रचना, गीत संगीत सिर्जना गरेका छन्। गुरुङले गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था जिफान अर्थात गुरुङ फिल्म एसोसियसनमा अध्यक्ष रुपमा काम गरेर समेत आफ्नो भाषा, संस्कार अनि संस्कृति जोगाउन योगदान दिएका छन्।
गुरुङले पछिल्लो ५ वर्ष मादी गाउँपालिकाको संस्थापक अध्यक्षको रुपमा रहेर उत्कृष्ट काम गरेको दाबी गर्छन् । बाटो घाटो, पुल, ढल र जल विधुत निर्माण एवं संभार, शिक्षा, स्वास्थ्य क्षेत्रमा स्तर उन्नति गरेको बताउछन् । राजनीतिक मात्र हैन कलाकारिता क्षेत्रमा इमान्दार पुर्वक काम गरेको सबैलाई थाहा छ। मेरो व्यक्तित्व कस्तो छ, धेरैलाई थाहा छ। गुरुङले भने, ‘जनताले गाउँपालिकाको अध्यक्ष हुने बेला गरेको कामको पनि मुल्यांकन गर्नेछ। त्यसैले भारी मत आउने विश्वास गरेको छु।’ मंगलबार भएको घरदैलोमा गुरुङले पुरा नहुने सपना देखाएर जनतालाई भ्रममा पार्ने र झुटा आश्वासन नदिने बताएका छन् । आफ्नो एजेण्डा आधारभूत र व्यवाहारिक रहेको समेत बताएका छन् । आफू निर्वाचित भए यस क्षेत्रको विकासमा लाग्ने प्रतिवद्दता समता जाहेर गरे।
नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश क तर्फ खगराज अधिकारी र ख तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएका छन्।
पोखरा: अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...
म्याग्दी: म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजात...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ। कारागार व्यवस्थापन विभागले लामिछानेको निवेदन अ...