‘उद्योगी व्यवसायीहरुलाई बिष सेवन गर्न बाध्य नपारियोस’

पाेखरा | कात्तिक २१, २०७९

‘उद्योगी व्यवसायीहरुलाई बिष सेवन गर्न बाध्य नपारियोस’

 

पोखरा । बैंक तथा वित्तिय संस्थाका कारण आफूहरुले निकै समस्या झेल्नुपरेको व्यवसायीहरुले गुनासो गरेका छन् ।


रेडियो अन्नपूर्ण पोखरा र नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीले सोमबार आयोजना गरेको ‘आर्थिक अन्योल र समाधान’ बिषयक अन्तक्र्रियामा बोल्दै उनिहरुले कर्जा र ब्याजको समय सीमा बढाउन सरोकारवालासँग आग्रह गरेका हुन् ।


पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अध्यक्ष एवं रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंंकर पालिखेले आफू अस्वस्थ भएर अस्पताल वेडमा उपचारारत हुँदा समेत बैंकको फोनले पीडा दिएको सुनाए । व्यवसायीहरुलाई प्रताडित नबनाउन समेत उनले बैंक तथा वित्तिय संस्थालाई आग्रह गरे । महानगरपालिकाले जग्गाको बर्गीकरण नगर्दा सम्पत्ति हुँदापनि बेचबिखन गर्न समस्या भएको उनको भनाइ छ ।


पोखरा पर्र्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बैंकबाट लिएको कर्जा आफूहरुले पर्यटन क्षेत्रमा नै लगानी गरेको स्पष्ट पारे । ब्याजदरमा भएको वृद्धिका कारण पर्यटन व्यवसायी बढी मारमा परेको उनले बताए । नेपालको प्रमुख आयस्रोत पर्यटन क्षेत्र भएकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।


होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिडका समयमा राष्ट्रबैंंकले दिएको सुविधा समेत निजी बैंकहरुले नदिएको गुनासो गरे । उनले पर्यटन व्यवसायीलाई व्यवसाय पुनरुत्थानका लागि दिएको रकम समेत पर्यटन व्यवसायीहरुले नपाएको भन्दै असन्तुष्टि जनाए ।


नेपाल राष्ट्रबैंक गण्डकीका निर्देशक रामशरण खरेलले निर्यातमा कडाई, बढ्दो रेमिटयान्स तथा पर्यटकहरुको आगमनमा भएको वृद्धिका कारण केही सहजता आउने विश्वास व्यक्त गरे । राष्ट्रबैंकले विभिन्न बैंक तथा बित्तिय संस्थाहरुमा निमयन गरिरहेको उनको भनाइ छ । बैंंकहरुले प्रिमियम बढाउन नहुने उनको भनाइ छ ।


नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपाल राष्ट्रबैंक र अर्थमन्त्रालयलबिच नै सामञ्जस्यताको अभाव हुँदाको परिणाम उद्योगी व्यवसायीहरुले पीडा भोग्नु परेको बताए । राष्ट्रबैंक दलहरुको भर्तीकेन्द्र जस्तो भएको भन्दै उनले सुधारको खाँचो औंल्याए । राष्ट्रबैंकले पूँजी पलायनलाई रोक्न कुनै ध्यान नदिँदा वित्तिय क्षेत्रमा तरलता देखा परेको उनको भनाइ छ । व्यवसाय चलायमान नहुँदा कर्जा प्रवाहमा कठिनाइ हुने भएकाले संरचनामा नै सुधान हुनुपर्ने उनको जोड छ ।


नेपाल बित्त कम्पनी बैंकर्श एसोसिएसनका उपाध्यक्ष रवि गुरुङले बित्तिय पार्टनरबिना व्यवसायीहरुलाई अगाडी बढ्न समस्या हुने बताए । उनले बैंकहरुले विभिन्न शिर्षकमा चार्ज नलिएको दाबी गरे । 


नेपाल डेभलपमेन्ट बैंकर्श एसोसिएसनका पूर्व अध्यक्ष गोबिन्द ढकालले ब्याजदर आन्दोलनले नभइ बजारको अवस्थाले घटबढ हुने बताए । राष्ट्रबैंकको नीतिलाई अवलम्बन गर्दै आफूहरु व्यवसायीकै पक्षमा रहेको उनको भनाइ छ । नेपाल बैंकर्श एसोसिएसन गण्डकीका कार्यवाहक संयोजक सूर्य रोकाले व्यवसायको नाममा लिएको कर्जा व्यवसायीहरुले अन्य क्षेत्रमा लगानी गरेको बताए ।


नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाले बैंक तथा वित्तिय संस्थाहरु सामाजिक उत्तरदायित्व बहन गर्न चुकेकाले ब्जाजदर बृद्धि मात्र भन्दापनि यसतर्फपनि ध्यान दिनुपर्ने बताए । गलत काम गर्नेहरुलाई व्यवसायीहरुले उजुरी नगरेपनि राष्ट्रबैंकले कारबाही गर्नुपर्ने उनको माग छ ।
नेपाल उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद शर्माले बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी गर्दा सबै क्षेत्रमा समस्या उत्पन्न भएको बताए । निक्षेपमा ब्याजदर बढाउने प्रवृत्ति नरोकिँदा धेरै व्यवसायीहरु पलायन हुनुपरेको उनले बताए ।


पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुको मर्काप्रति बैंक तथा बित्तिय संस्था अनुदार भएको र आफूहरुको आवाज सरकारलेपनि नसुनेका कारण बाध्य भएर सडकमा उत्रनुपरेको बताए । यो समस्या व्यवसायीहरुको मात्र नभएर सबैको साझा समस्या भएको उनको भनाइ छ । ब्याजदर वृद्धिको असर नागरिकको चुल्हो सम्म पुग्ने कार्कीले बताए ।


होटल संघ गण्डकीका अध्यक्ष एवं पर्यटन व्यवसायी हरी शर्मा गैहो, पोखरा हस्तकला संघका अध्यक्ष रामकली खड्का, उद्योगी टिकाराम सुवेदी र नविन श्रेष्ठले व्यवसाय उत्थानका लागि बैंकहरुले ध्यान दिनुपर्ने बताए ।


बैंक तथा बित्तिय संस्थाहरुले मनोमानी ढंगले ब्याजदर बढाएको भन्दै पछिल्लो समय व्यवसायीहरुले आन्दोलन गर्दै आइरहेका छन् । कार्यक्रमको सहजीकरण अन्नपूर्णकर्मी बासुदेव मिश्रले गरेका थिए । कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गरेको थियो । पोखरा उद्योग बाणिज्य संघ र पब्लिक फोरके टेलिभिजनले कार्र्यक्रम सहकार्य गरेका थिए ।

पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

थप पढ्नुहोस्

पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएक...

थप पढ्नुहोस्

पोखरा:   छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन ...

थप पढ्नुहोस्