कम्युनिस्ट र काँग्रेस मिल्दा नै महत्त्वपूर्ण सफलता मिलेको इतिहास छ: गठबन्धन

पाेखरा | कात्तिक २१, २०७९

कम्युनिस्ट र काँग्रेस मिल्दा नै महत्त्वपूर्ण सफलता मिलेको इतिहास छ:  गठबन्धन

 

पोखरा । नेपालको इतिहासमा काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिँदा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले बताएका छन् । २००७, ०४६ र ०६२र०६३ लगायतका आन्दोलन सहित परिवर्तनहरूमा काँग्रेस र कम्युनिष्टहरुको मिलन महत्त्वपूर्ण साबित भएको उनीहरूले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पटक पटक संसद विघटन गरी देशलाई अँध्यारो तर्फ धकेल्ने प्रयास गरेको अवस्थामा गरिएको यस गठबन्धनले देशलाई बचाएको उनीहरूको बुझाई छ । 


काँग्रेस र कम्युनिस्ट महत्त्वपूर्ण घडीमा मिलेकाले स्थानीय तहदेखिको आफूहरूको मिलन प्रतिनिधि र प्रदेश सभाको निर्वाचनसम्म कायम रहेको गठबन्धनको तर्फबाट कास्की २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले बताए । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्यसमेत रहेका बरालले यस निर्वाचनपछि पनि देशलाई समृद्धि तर्फ डो¥याउन गठबन्धन कै सरकार आवश्यक भएकाले आफूहरूलाई निर्वाचित गराउन उनको आग्रह थियो । ‘कम्युनिस्ट र काँग्रेस महत्त्वपूर्ण घडीमा मिलेका छौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि काँग्रेस र कम्युनिस्ट मिलेर ल्याएका हौँ, उनले भने, संविधानले धेरै व्यवस्था तथा अधिकारहरू ल्याएको भए पनि उचित ऐन नहुँदा समस्या आइरहेको छ । त्यस्तै भू–उपयोग नीति सम्बन्धी ऐन बनाउन मेरो जोड हुनेछ र समग्र देशमा स्वास्थ्य र शिक्षाका लागि उचित ऐन ल्याउन मेरो पहल हुनेछ ।’


पोखरा २० लामिडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले विदेश र स्वदेश कै पनि विभिन्न ठाउँमा रोजगारीमा गएकाहरूलाई गाउँमै फर्केर केही गर्ने वातावरण बनाउने बताए । आफूहरू विकासका लागि प्रतिबद्ध भएर लाग्ने भन्दै उनले वडामा रहेको खानेपानीको मुख्य समस्या हल गरेरै छाड्ने प्रतिबद्धता पनि जनाए । वडा नम्बर २०को लामिडाँडा र अन्य क्षेत्र पशुपालन, कफी र कृषि भूमि रहेकाले सबै क्षेत्रको समुचित विकास गरेर रोजगारीका लागि सहर झरेका र विभिन्न देशमा पुगेकाहरूलाई गाउँमै फर्केर गरिखाने वातावरण बनाउने उनको भनाई छ । २० मात्र नभई समग्र २ नम्बर क्षेत्रका विशेष गरेर ग्रामीण क्षेत्र विकास र पूर्वाधारका दृष्टिकोणले पछाडि परेको उनको भनाई छ । 


क्षेत्र २ ९ख० का प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । गठबन्धनबाट उम्मेदवार बनेका थापाले युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान सञ्चालनमा जोड दिनुपर्ने बताए । ‘भलाम कृषि र पर्यटनको सम्भावना बोकेको क्षेत्र हो । यहाँ होमस्टेको पनि उत्तिकै सम्भावना रहेको छ । यहाँको खेतबारी बाँझो भएका छन् घरहरू खाली भएका छन् । युवालाई स्वदेश मै राख्नका लागि योजनाहरू ल्याउन आवश्यक छ, उनले भने, विकासको पहिलो पूर्वाधार सडक भएकाले स्तरीय सडक बनाउनुपर्छ जसले शिक्षा, स्वास्थ्य, रोजगार, व्यवसायको व्यवस्थापन हुन्छ । सदरमुकाम केन्द्रित भएको अवस्थामा गाउँ फर्क अभियान सुरु गर्नु पर्ने आवश्यकता अहिले छ ।’


कास्की २ (क) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछाने स्पष्ट भिजनका साथ विकास गर्नका लागि आफू उम्मेदवार भएर जनताको माझमा आएको बताए । पोखरा २१ दम्सादीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । उम्मेदवार लामिछानेले विगतमा यहाँबाट नेतृत्व गर्नेहरूले जनताको एजेन्डामा चासो नदिएको कारण राम्रो विकास हुन नसकेको दाबी गरे । ‘हामी स्पष्ट भिजन सहितका जनताको भावना अनुरूपको योजना लिएर आएका छौँ । विगतमा जितेर गएकाहरूले जनताका एजेन्डामा चासो राखेनन् । यहाँका जनताको भावना बुझेनन् । त्यहिभएर यहाँको उचित विकास हुन सकेन । हामी यहाँहरू कै एजेन्डालाई बोकेर हिँडेका छौँ । हामीसँग स्पष्ट विकास निर्माणका योजना छन् । हामी गफ दिने होइन जे बोल्छौँ, त्यो गरेर देखाउँछौँ ।’ पोखरा महानगरमा गठबन्धनको नेतृत्व रहेको भन्दै उनले प्रदेश र केन्द्रमा समेत गठबन्धन कै सरकार हुँदा काम गर्न सजिलो हुने उनको धारणा छ । 


उनीहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । कास्कीको निर्वाचन क्षेत्र नं.२ को तर्फबाट चुनावी मैदानमा उत्रिएका गठबन्धनका साझा उमेदवारहरुले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादका आधारहरू तय गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् । 

काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...

थप पढ्नुहोस्

सुनसरी:  सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...

थप पढ्नुहोस्

काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...

थप पढ्नुहोस्