पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा जुट्ने उम्मेदवार विद्या भट्टराईको प्रतिवद्धता
पाेखरा | कात्तिक १७, २०७९

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विद्या भट्टराई अधिकारीले कास्की क्षेत्र नं. २ को पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जुट्ने प्रतिवद्धता व्यक्त व्यक्त गरेकी छन् ।
पोखरा महानगरपालिका वडा नं. १६ स्थित पर्यटकीय स्थल अर्मलाकोटमा आयोजित मतदाता घरदैलो कार्यक्रममा उनले पर्यटन प्रवद्र्धन आफ्नो मुख्य प्राथमिकता भएको बताईन् ।
उनले दुःखको अवस्थामा उपनिर्वाचनमा यस क्षेत्रका मतदाताले विजयी गराएको स्मरण गर्दै सडक, शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधार निर्माणका अधुरा काम पुरा गर्नका लागि पुनः उम्मेदवार बनेको स्पष्ट पारिन् ।
जेष्ठ नागरिकलाई मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेपनि विचमै सरकार परिवर्तनले अवरोध भएको बताउँदै मंसीर ४ गतेपछिको बन्ने एमालेको सरकारले सवै खाले भत्तामा बृद्धि गर्ने उनको विश्वास छ ।
कार्यक्रममा कास्की निर्वाचन क्षेत्र नं. २ (ख)का उम्मेदवार मिना गुरुङले ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र अर्मलाकोटमा सांस्कृतिक ग्राम निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिन । गण्डकी प्रदेश सभामा समानुपातिक सांसदको भूमिका निर्वाह गरिसकेकी उनले अधुरा विकास निर्माणका काम पुरा गर्न प्रत्यक्ष उम्मेदवारका रुपमा उपस्थित भएको बताए ।
एमाले नेता तथा स्थानिय समाजसेवी कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारी, खेलप्रेमी तेजबहादुर गुरुङ, एमाले १६ का अध्यक्ष राजेन्द्र गुरुङ,निवर्तमान वडाअध्यक्ष जिवन आचार्य, यमनकाजी गुरुङ लगायतले निर्वाचनको महत्व एवम् यस क्षेत्रका समस्या र समाधानका बारेमा चर्चा गरेका थिए ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टराईले आजै पोखरा १५ स्थित ढुङ्गेसाँघुमा पनि घरदैलो कार्यक्रममा सहभागि भएकी थिईन् । सो अवसरमा मतदाताले स्थानिय आवश्यकता अनुसार विकास निर्माणमा लाग्न अनुरोध गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...
रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...