मोदीको भ्रमणपछि लुम्बिनीको सुरक्षा व्यवस्थापकलाई गृहमन्त्रीको धन्यवाद

काठमाडाैं | जेठ ३, २०७९

मोदीको भ्रमणपछि लुम्बिनीको सुरक्षा व्यवस्थापकलाई गृहमन्त्रीको धन्यवाद

काठमाडौँ, २ जेठ। गृहमन्त्री बालकृष्ण खाणले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमा भएको भ्रमणमा सरकारका विभिन्न निकायले गरेको सुरक्षा प्रबन्ध र व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। 

 

गृहमन्त्री खाणले प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई सुरक्षा प्रबन्धका लागि धन्यवाद व्यक्त गर्नुभएको हो।

 

 त्यस्तै उहाँले परराष्ट्र सचिव भरतराज पौडेल र लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा राष्ट्रसेवक कर्मचारीले गरेको चुस्तदुरुस्त व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। 

 

छिमेकी मुलुकका प्रधानमन्त्री र आफ्नै प्रधानमन्त्री आउँदा गरिएको सुरक्षा प्रबन्ध र व्यवस्थापन प्रशंशायोग्य रहेको गृहमन्त्री खाणले बताउनुभयो। यसले लुम्बिनीप्रति हेर्ने भारतीय र प्रधानमन्त्रीको नजर सकारात्मक भएको उहाँको भनाइ छ। गृहमन्त्री खाणको रुपन्देही गृह जिल्ला र लुम्बिनी निर्वाचन क्षेत्र हो।  

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्