भतिजाले प्रहार गरेको खुकुरीले लागेर खोटाङमा काकाको मृत्यु

काठमाडाैं | कात्तिक १२, २०७९

भतिजाले प्रहार गरेको खुकुरीले लागेर खोटाङमा काकाको मृत्यु सांकेतिक तस्बिर

खोटाङ : खुकुरी प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित हाँबुका ५९ वर्षीय मानबहादुर राईको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४३ वर्षीय भतिजा पत्थरमान राईले आज प्रहार गरेको खुकुरीले काका मानबहादुरको गर्दनमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

 

मादक पदार्थले मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई पक्राउ गरी कानुनी कारबाही सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो । घटनापछि पत्थरमानले काका मानबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेको भन्दै रगताम्मे भएको खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

 

मृतक काका र भतिजाको आँगन एउटै छ । घटना भने भतिजा पत्थरमानको घरको सिकुवामा भएको स्थानीय बासिन्दा एवं राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेशकुमार राईले बताउनुभयो । परिवारका सदस्य बाहिर रहेका मृतक मानबहादुर घरमा एक्लै बस्दै आएका थिए । एक्लै भएको समयमा हत्या गरिएका मानबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगेर राखिएको प्रहरीले जनाएको छ । 

पोखरा:  गण्डकी प्रदेश स्क्वास तथा  र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत चयन भएका छन् ।   संघको पोखरामा बिहबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मन निर्...

थप पढ्नुहोस्

पोखरा:  आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।   सहयोग सम्बन्धमा मञ्चका अध्यक्ष दीननाथ बराल र गुप्रका निर्देशक किरण केसीबीच सम्झौता भएको हो । सम्...

थप पढ्नुहोस्

काठमाडौंः    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाडौं आइपुग्ने छन् ।   ...

थप पढ्नुहोस्