गण्डकीमा खटिए १७ हजार बढि म्यादी र नेपाल प्रहरी

‘हामी स्ट्याण्डवाई छौ’: एसपी थापा

कास्की | बैशाख २९, २०७९

गण्डकीमा खटिए १७ हजार बढि म्यादी र नेपाल प्रहरी

पोखरा:   आसन्न स्थानीय निर्वाचनका लागि गण्डकी प्रदेशमा सम्भावित घटना रोक्नका लागि नेपाल प्रहरीले सुरक्षालाई व्यवस्थालाई कडा पारेको छ । मतदातालाई भयरहित वातावरण सिर्जना गर्नका लागि नेपाल प्रहरीले प्रदेश स्तरीय निर्वाचन सेल निर्माण गरि सुरक्षा व्यवस्था व्यापक बनाएको हो ।

 

गण्डकी प्रदेश निर्वानन सेलका संयोजक तथा प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले सुनगाभा न्यूजसँग कुरा गर्दै यस प्रदेशका ८५ वटा पालिकामा ६ हजार ३ सय बढि नेपाल प्रहरी र १० हजार ९ सय बढि म्यादी प्रहरी खटाइएको बताए ।

 

उनले गण्डकी प्रदेशका १२ सय ५३ मतदान केन्द्रमा आवश्यक सामाग्री सहित नेपाल प्रहरी पुगिसकेको बताए । ‘गण्डकी प्रदेशको ११ जिल्लाका ८५ स्थानीय निकाय मध्ये कुल १२ सय ५३ मतदान स्थल रहेका छन् । आजको दिनसम्म सम्पूर्ण सुरक्षाकर्मीहरु निर्वाचन सामग्रीसहित मतदान स्थलमा पुगेको अवस्था छ, उनले भने, ‘यी मतदान स्थलहरुमा ६ हजार ३ सय भन्दा बढि नेपाल प्रहरी, १० हजार ९ सय भन्दा बढि म्यादी प्रहरीहरुको परिचालन गरिएको अवस्था छ ।’

उनले निर्वाचनमा हुनसक्ने आपराधिक घटनालाई रोक्नका लागि प्रदेश स्तरीय निर्वाचन सेल स्थापना गरिएको बताए ।  ‘चुनावमा हुन सक्ने घटनालाई रोक्न र हुनै नदिन प्रदेश स्तरीय निर्वाचन सेल स्थापना गरिएको छ । प्रदेशका ११ वटै जिल्ला प्रहरी कार्यालयमा पनि प्रत्येक जिल्ला सेल व्यवस्था गरेको अवस्था छ, उनले भने, ‘निर्वाचन सम्बन्धि गतिविधिलाई मोनिटरिङ गरेर प्रदेश प्रहरीको निर्वाचन सेलमा पठाउने गर्छ र सोहीको आधारमा हामीले कम्पायल गरेर केन्द्रीय निर्वाचान सेलमा पठाउने काम गर्दछौ ।’

 

डिएसपी घलेले विगतको तुलनामा यसपटक आपराधिक घटना ज्यादै न्यून भएको जानकारी दिए । ‘पहिला भएको स्थानीय निर्वाचन २०७४ मा मौन अवधी सुरु हुनुभन्दा अगाडी ५५ वटा घठना भएको देखिन्छ भने अहिलेको अवस्थामा १२/१३ वटा मात्रै सामान्य झैझगडा देखिन्छ । यसकारण यसपटकको सुरक्षा व्यवस्था कडा छ ।’

 

डिएसपी घलेले नागरिकलाई भयरहित वातावरणमा मतदान गर्नको लागि सुरक्षा व्यवस्था कडा पारेको बताउदै भने, ‘सम्पूर्ण मतदाताहरुले त्रासरहित मताधिकार प्रयोग गर्न पाउँनुपर्छ भनेर हामीले अनुकुल वातावरण सिर्जना गरेका छौ ।’

शुक्रबार बेलकी ५ बजेसम्म हुने निर्वाचनमा म्यादी प्रहरीको सहायतामा नेपाल प्रहरीले निर्वाचन सम्पन्न गराउनका लागि पहिलो घेरामा रहेर काम गर्नेछ । भने सादा पोशाकका प्रहरीहरु पनि तैनाथ रहनेछन् । यसैगरी दोस्रो घेरामा सशत्र प्रहरी बल र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ । 

 

‘हामी स्ट्याण्डवाई छौ’:  एसपी थापा

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले निर्वाचन लक्षित सबै सुरक्षा व्यवस्था चुस्तदुरुस्त बताएको बताए ।

‘यो निर्वाचनलाई शान्तीपूर्वक र सुरक्षित तवरले सम्पन्न गर्नका लागि यथेष्ट मात्रामा प्रहरीहरु परिचालन गरेका छौ र स्ट्याण्डवाई छौ, उनले भने, ‘प्रत्येक मतदान केन्द्र र स्थलहरुमा पर्याप्त प्रहरीहरु तैनाथी गरेको अवस्था छ । यसैगरी प्रत्येक गाउँपालिका र महानगरपालिकामा रिजर्भ टोली, मोवाईल टोली तथा प्लेनकोटको प्रहरी परिचालन गरेका छौ ।’

 

उनले आपराधिक क्रियाकलाप हुन नदिनका लागि संवेदनशील रहेको बताए । ‘हामीले यो समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न हामी सचेत, संवेदनशिल र तयारी पूण रहेको छ ।’

 

एसपी थापाले आम नागरिक, विभिन्न दलका उम्मेदवारहरु र निर्वाचन आयोगबाट खटिएका कर्मचारीहरुको सुरक्षामा प्रतिवद्ध रहेको बताउदै मतदाताहरुलाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न समेत आग्रह गरेका थिए । 
 

पोखरा:     गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो  वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो ...

थप पढ्नुहोस्

सिन्धुली:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ । सुनकोशी मरिन ...

थप पढ्नुहोस्

गोरखा:     सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।  जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा व...

थप पढ्नुहोस्