पोखरा–जोमसोम हवाई मार्गको मौसमको अवस्था जानकारी दिने क्यामेरा जडान
म्याग्दी | कात्तिक ५, २०७९

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित मोहरेडाँडामा पोखरा–जोमसोम हवाई मार्गको मौसमको अवस्थाबारे जानकारी दिने क्यामेरा जडान भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले समुद्री सहतदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मोहरेडाँडामा क्यामेरा जडान गरेको हो ।
केन्द्रका अध्यक्ष महावीर पुनले पोखरा–जोमसोम हवाई मार्गमा बादल लागेको छ कि छैन भनेर पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट नै हेर्न मिल्ने गरी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले जडान गरेको क्यामेरा परीक्षणका क्रममा छ । “तीन हजार तीन सय मिटर र दुई हजार तीन सय मिटर अग्लो डाँडामा क्यामेरा राखिएको छ”, उहाँले भन्नुभयो, “क्यामेराले हवाई मार्गमा पर्ने भूगोलमा खिच्ने ताजा दृश्य पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट अवलोकन गर्न सकिन्छ ।”
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा क्यामेरा जडान गरिएको पुनले बताउनुभएको छ । क्यामेरा र कन्ट्रोल रुमलाई इन्टरनेटको लिङ्कबाट जोडिएको छ । चारैतिरको दृश्य हेर्न मिल्ने गरी क्यामेरा राखिएको ठाउँमा वल्र्ड लिङ्क कम्युनिकेसनले निःशुल्क इन्टरनेट प्रदान गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा आविष्कार केन्द्रले देशका अरू पनि जोखिमपूर्ण ठाउँमा पनि यस्तै क्यामेरा राख्न अध्ययन गरिरहेको पुनले बताउनुभयो । पोखरा–जोमसोम हवाई मार्गमा पर्ने म्याग्दी खण्डको मौसमका बारेमा स्थानीयवासीलाई फोन गरेर जानकारी लिने गर्दछन् । यो मार्गमा पछिल्लो आठ वर्षको अवधिमा भएका दुईवटा हवाई दुर्घटनामा ४५ जनाको ज्यान गएको छ । गत जेठमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।
विसं २०७२ फागुन १२ गते पोखरादेखि जोमसोम जाँदै गरेको तारा एयरकै अर्को जहाँज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सोलीघोप्टेमा पहाडमा ठोक्किदा २३ जनाको ज्यान गएको थियो । खोँचमा रहेको म्याग्दी खण्डको उडानका क्रममा टावरसँग सम्पर्क नहुने, मौसमको अवस्था छिनछिनमा परिवर्तन हुने र पूर्वजानकारी नहुँदा जोखिम थियो । जोखिम न्यूनीकरणका लागि मौसमको अवस्थाबारे जानकारी लिन क्यामेराले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं: २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत ...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीले पोखरा महानगरपालिका–९ मा भएको विकासक्रमको फोटो प्रदर्शन गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा शुक्रबार महेन्द्रपुलस्थित अन्तर्राष्...
पोखरा: पोखरामा आज टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पोखराको छोरेपाटनबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर च...