महिला भलिबलमा एपिएफ सेमिफाइनलमा प्रवेश
म्याग्दी | असोज ३१, २०७९

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
भलिबलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा एपिएफले २५-१५, २५-१८, २५-१० को सेटमा लुम्बिनी प्रदेश माथि जित निकालेको थियो ।
प्रतियोगितामा वुमन अफ द म्याच एपिएफकी आरती सुवेदी भएकी छन् । क्वाटरफाइनलको दोस्रो खेल खुलामञ्चमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश बीच भइरहेको छ । दिउँसो १ बजे आर्मी र पुलिस, ३ बजे गण्डकी प्रदेश र प्रदेश १ सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।
सेमिफाइनल कात्तिक १ गते मंगलबार हुने छ । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहभागिता रहेको छ ।
पोखरा: शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरील...
पोखरा: गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् । नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानग...
पोखरा: असार १५ गते मनाइने धान दिवसको अवसरमा पोखरामा २० औं संस्करणको रोपाई महोत्सव मनाइएको छ । पोखरा महानगरपालिका–२६ गुँदे ताल क्षेत्रमा पोखरा पर्यटन परिषद्को आयोजनामा २० औं संस्करण...