‘चामल किन बाँडेको ? भन्दै एसका मेटमणिलाई आयोगको प्रश्न

दाङ | असोज ३०, २०७९

‘चामल किन बाँडेको ? भन्दै एसका मेटमणिलाई आयोगको प्रश्न तस्बिर साभार

दाङ :  निर्वाचन आचारसंहिता विपरित चामल बाँडेको भन्दै नेकपा एकिकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

 

शहरी विकास मन्त्री समेत रहेका चौधरीले निर्वाचन आचारसंहिता विपरित चामल बाडेको शिर्षकमा एक अनलाइनमा समाचार प्रकाशन भएपछि आयोगले स्पष्टीकरण सोधेको हो । 

 

निर्वाचन आयोग नेपालले मन्त्रीलाई सोधेको स्पष्टीकरणमा लेखिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याई गर्ने आधार के छ ?’

 

स्पष्टीकरणपत्रमा तपाईंबाट निर्वाचन आचारसहिताको उल्लंघन भएको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन जरिबाना गर्नु नपर्ने हो ? भन्ने प्रश्न गरिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा छ को व्यवस्था बमोजिम ‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।

 

तर, मन्त्री चौधरीले सो व्यवस्था बमोजिम आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति लिएका थिएनन् । 

 

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा शहरी विकास मन्त्री तथा नेकपा एकिकृत समाजवादीका नेता चौधरी दाङ क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार रहेका छन् । भने यस क्षेत्रमा उनका प्रतिष्पर्धी नेकपा एमालेकी शान्ता चौधरी रहेकी छिन् । 

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्