महिला हक्की: प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा
पाेखरा | असोज ३०, २०७९
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभूवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । योसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस्तै आज भएको दोस्रो खेलमा नेपाल आर्मीले ३–० को गोल अन्तरले सुदुरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै थियो । भोलि प्रतियोगिताको पाँचौ दिन बागमती प्रदेश र मधेस प्रदेश बीच प्रतिस्पर्धा हुँदै छ । यसअघि लगातार दुई खेल जितिसकेको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

