नवौँ राष्ट्रिय खेलकुदः  १५ स्वर्ण सहित सेना शीर्षस्थानमा

पाेखरा | असोज ३०, २०७९

नवौँ राष्ट्रिय खेलकुदः  १५ स्वर्ण सहित सेना शीर्षस्थानमा तस्बिर फाइल

पोखरा : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको छ ।

 

यसैगरी बागमती प्रदेशले छ स्वर्ण, पाँच रजत र दुई कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ । सशस्त्र प्रहरीको ९एपिएफ० चार स्वर्ण, छ रजत र नौ कास्यसहित १९ पदक लिएर पदक तालिकाको तृतीय स्थानमा छ । आयोजक गण्डकी प्रदेशले हालसम्म दुई स्वर्ण, दुई रजत र छ कास्यसहित १० पदक जितेको छ ।

 

यसैगरी नेपाल प्रहरीले दुई स्वर्ण, एक रजत र तीन कास्यसहित छ पदक तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र तीन कास्यसहित चार पदक जितेको छ । लुम्बिनी प्रदेशले चार रजत, एनआरएनएले एक रजत र  प्रदेश नं १ ले पाँच कास्य पदक जितेका छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीको सहभागिता रहेकामा कर्णाली प्रदेश र मधेस प्रदेशले पदकको खाता खोल्न सकेका छैनन् ।

 

नवौँ राष्ट्रिय खेलकुदको यही असोज २८ गते भव्य उद्घाटन गरिएको हो । प्रतियोगिता आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । कतिपय खेल उद्घाटनअगावै सञ्चालन गरिएको थियो । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा प्रतियोगिताअन्तर्गतका खेल जारी छन् भने केही खेल सुरु हुँदैछन् ।

 

कबड्डी महिला तथा पुरुष र खोखो महिला तथा पुरुषको खेल आजदेखि पोखरामा सुरु हुने प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिनुभयो । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्