महिला बास्केटबलमा आर्मीको विजयी सुरूवात
तनहुँ | असोज २८, २०७९

तनहुँ : नवौ राष्ट्रिय खेलकुदमा अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा आर्मीले विजयी शुरूवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको हो ।
महिला बास्केटबल प्रतियोगिताको पहिलो चरणमा आर्मीले २२–० को फराकिलो अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो चरणमा पनि आर्मीले निरन्तर अग्रता कायम गरि सहज रूपमा जित हासिल गरेको हो ।
जहाँ आर्मीले क्रमश ः २२–६, १४–४ र १३–३ को अंक प्राप्त गरेको थियो । प्रतियोगिता अवधिभरमा मधेस प्रदेशबाट पुष्प बानले ७ अंक जोडेकी छिन् भने आर्मीबाट रोशनी श्रेष्ठले २१ अंक जोडेकी थिईन ।
भोलि थ्रि बाइ थ्रि बास्केटबल प्रतियोगितामा बागमती प्रदेश र मधेस प्रदेश, आर्मी र लुम्बिनी प्रदेश, सुदुरपश्चिम र प्रदेश–१, एपिएफ (सशस्त्र) र गण्डकी प्रदेश विच हुनेछ ।
साथै महिला बास्केटबल अन्तर्गत बागमती प्रदेश र प्रदेश–१, त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच खेल हुने आयोजकले जनाएको छ ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रम...
पोखरा: गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम ...
काठमाडौं: सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ क...