नवौं राष्ट्रिय खेलकुद : भलिबलको खेल तालिका सार्वजनिक, महिला तर्फको खेल म्याग्दीमा

पाेखरा | असोज २७, २०७९

नवौं राष्ट्रिय खेलकुद : भलिबलको खेल तालिका सार्वजनिक, महिला तर्फको खेल म्याग्दीमा

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलतर्फ खेल तालिका सार्वजनिक भएको छ । महिलातर्फ ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहनेछ भने पुरुष तर्फ गैर आवासीय नेपाली संघ (एनआरएनए) पनि थपिनेछ ।

 

महिलातर्फको खेल म्याग्दीस्थित बेनी बजारमा हुँदैछ । महिलाको समूह ए मा नेपाल एपिएफ क्लब, कर्णाली र त्रिभुवन आर्मी क्लब छन् । समूह बीमा बागमती, प्रदेश १ र मधेश रहेका छन् । बागमतीमा होंगांजी न्यु डायमन्डका अधिकांश खेलाडी खेल्नेछन् ।

 

समूह सीमा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह डी मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।

 


यस्तै पुरुष भलिबल भने पोखरा रंगशालामा नै हुने तालिका रहेको छ । पुरुषतर्फ ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् । फाइनल खेल कार्तिक ३ गते हुनेछ ।

 

समूह ए मा नेपाल पुलिस क्लब, कर्णाली र लुम्बिनी छन् । समूह बी मा त्रिभुवन आर्मी क्लब, प्रदेश १ र मधेश छन् । समूह सी मा नेपाल एपीएफ क्लब, एनआरएनए र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । समूह डी मा गण्डकी प्रदेश र बागमती भिड्नेछन् ।

 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्