मुख्यमन्त्री पाण्डेलाई मातृ शोक
काठमाडाैं | असोज १३, २०७९
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ । मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो ।
मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीका अनुसार मनमायाको आज बिहान ३ बजे काठमाडौँको सितापाइलामा निधन भएको हो । स्वर्गीय पाण्डेका मुख्यमन्त्री पाण्डे, नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेसहित पाँच छोरा र तीन छोरी हुनुहुन्छ ।
मुख्यमन्त्री पाण्डे बागमती प्रदेशको राजधानी हेटौँडा र एमाले नेता पाण्डे चितवनमा रहेकाले उहाँहरु काठमाडौँ आउनेवित्तिकै आजै पशुपति आर्यघाटमा स्वर्गीय पाण्डेको अन्त्येष्टि गरिने बताइएको छ ।
बलेवा: गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धी खोजपड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ...
पोखरा: नेपाल पुन मगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन यही मंसिर २९ र ३० गते पोखरामा हुने भएको छ । नेपाल पुन मगर समाज केन्द्रीय समितिले आज पोखरामा पत्रकार सम्मेलन गर्दै दोस्रो...
चितवन: नेपाली कांग्रेसले केन्द्रदेखि जिल्ला, पालिका, वडा हुँदै टोलसम्म पुग्न अभियान सुुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार केन्द्रीय प्रतिनिधिसहित टोलसम्म पुग्ने अभियान सुरु गरिएको हो । &nb...