पोखरा १: डेंगु नियन्त्रण गर्न सचेतना र्‍याली

कास्की | असोज १०, २०७९

पोखरा १: डेंगु नियन्त्रण गर्न सचेतना र्‍याली

कास्की:  पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयले डेंगु  नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

 

पोखरा १ को विभिन्न टोलमा र्‍याली आयोजना गर्दै शनिबार डेंगु रोगको नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न गरको हो ।

 

वडा कार्यालयबाट निकालिएको र्‍याली सिमपानी, हरिचोक, बागबजार, भिमकालीपाटन लगायतको टोलहरुमा परिक्रमा गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् ।

 

उनका अनुसार नागरिकलाई डेंगु रोगको बारेमा जानकारी दिदैं रोकथामका बारेमा नारा लगाइएको  थियो । साथै डेंगु रोगको रोकथाम गर्न अपनाउनुपर्ने विषयमा प्लेकार्ड बोकेर र्‍याली  निकालिएको थियो । 

‘पछिल्लो तथ्याङ्क अनुसार कास्कीमा पनि डेंगु संक्रमण बढेको पाइएको छ, वडा सदस्य गुरुङले भनिन्, ‘त्यसैले हाम्रो वडाबासीलाई यसबारे जानकारी र सचेत हुन आग्रह गर्दै र्‍याली  आयोजना गरेका हौ ।’

 

उनले सो कार्यक्रमले नागरिकलाई सचेत बनाउन मद्दत पुगको विश्वास व्यक्त गर्दै आगामी दिनमासमेत निरन्तरता दिइने जानकारी दिइन् । ‘हामीले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएका छौं । यसभन्दा पहिले लागुऔषधसम्बन्धि सचेता पनि गरिसेको छौं, उनले भनिन्, ‘अहिले डेंगु रोगबारे सचेतना जगाउदै छौं । यसबाहेक अन्य सामाजिक कार्यक्रमलाई पनि हामीले निरन्तरता दिनेछौं ।’

 

गुरुङका अनुसार उक्त र्‍यालीमा पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहरा प्रधान​,जनप्रतिनिधहरु  तथा विद्यार्थीहरुसहित १ सय बढि स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्