पोखरा २६ मा चाडपर्व लक्षित शान्ति सुरक्षा
पाेखरा | असोज ७, २०७९
पोखरा : पोखरा महानगरपालिका वडा नंं २६ वडा कार्यालयले चाडपर्व लक्षित शान्ति सुरक्षाका बिषयमा सरोकारवालहरुसँग छलफल कार्यक्रम गरेको छ ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारीले चाडपर्वको समयलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई आग्रह गरे ।
उनले उपभोक्ताहरु चाडपर्वमा बढी ठगीन सक्ने भन्दै सचेत हुनु पर्नेमा जोड दिए । उपभोक्ताहरु बजारमा अखाद्य बस्तुको बिक्री बितरण, कम गुणस्तरिय सामाग्री र चर्को मुल्यको मारमा पर्न सक्ने भन्दै बजार अनुगमनलाई तिव्रता दिन समेत आग्रह गरे ।
इलाका प्रहरी कार्यालय डाँडाको नाक कास्कीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले चाडपर्वमा लामोसमयसम्म घरवाहिर रहने, घरमा चावी लगाएर लामो विदाा परिवार सहित घुम्न जाँदा चोरीका घट्ना बढ्न सक्ने उल्लेख गरे ।
दाहालले चोरी र अपराधका घट्ना नियन्त्रण गर्न समुदाय र प्रहरीका विचमा सहकार्य हुनु पर्नेमा जोड दिए । अपराध नियन्त्रणका लागि वित्तिय संस्था, बढी भिडभाड र आर्थिक कारोबार हुने व्यवसाय, चोकहरुमा सिसि क्यामेरा जडान गरी निगरानी गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासी र व्यवसायको सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे । उनले सवै बित्तिय संस्था र व्यवसायीहरुले सिसि क्यामेरा जडान गरेर संभावित अपराध नियन्त्रणमा सहयोग गर्न आग्रह गरे ।
चाडपर्व लक्षित गरी वडा कार्यालयले सार्वजनिक स्थल, चोक, मठमन्दिर, मुख्य राजमार्ग र भित्री बजार तथा सडकहरुमा पनि निगरानी बढाईने उल्लेख गर्दै, वडाको अभियानमा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे । राजमार्गमा हिट एण्ड रनका घट्ना हुने गरेको उल्लेख गर्दै, त्यस्ता घटनाका दोषी पत्ता लगाउन पनि सिसि क्यामेरा प्रभावकारी हुने बताए । उज्यालो वडाका लागि महानगरपालिका र विद्युत वितरणकेन्द्र सँग समन्वय भैरहेको समेत अध्यक्ष थापाले त्यस अवसरमा जानकारी दिए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बजार व्यवस्थापन समितिले स्थानीय प्रशासन र वडासँग सहकार्य गरी बजार सुरक्षा योजना बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीहरुले बजारका समस्या, सुरक्षा चुनौती र सहकार्यका क्षेत्रका बिषयमा आफ्ना धारणाहरु राखेका थिए ।
वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, वडासचिव मिना भट्टराई भण्डारीले लगायतले बोलेका थिए ।
पोखरा महानगरपालका वडा नं. २६ स्थायी घर भई ईलाका प्रशासन कार्यालय लेखनाथमा सरुवा भएर आएका कार्यालय प्रमुख कमलराज भण्डारी र हंसपुर इलाका प्रहरी कार्यालय डाँडाको नाकमा सरुवा भै आएका प्रहरी नायव उपरिक्षक प्रकाश दाहाललाई सम्मान गरिएको थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ । नेत्रविक्रम चन्दको नेतृत्वमा ...
काठमाडौं: नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...
कञ्चनपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...