मलेसिया भ्रमणमा ‘मेयर आचार्य’

पाेखरा | असोज ४, २०७९

मलेसिया भ्रमणमा ‘मेयर आचार्य’ तस्बिर: पोखराका मेयर धनराज आचार्यको फेसबुक वालबाट

पोखरा  : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चार दिने भ्रमणमा मलेसिया निस्किएका छन् । 

 

सेप्टेम्बर १९ देखि २४ तारिखसम्म मलेसियाको क्वालालाम्पुरमा एसिया प्रशान्त क्षेत्रका नगरपालिकाहरुको संगठन सिटीनेटको नवौं अन्र्तराष्ट्रिय महाधिवेशनमा efu लिन पोखराका मेयर आचार्य चारदिनका लागि मलेसिया प्रस्थान गरेका हुन् । 

 

आचार्य हाल क्वालालाम्पुरमा जारी सिटीनेटको नवौं अन्र्तराष्ट्रिय महाधिवेशनमा व्यस्त देखिएका छन् । 

 

एसिया प्रशान्त क्षेत्रका नगरपालिकाहरुको संगठन सिटिनेटको महाधिवेशनमा पुगेका मेयर आचार्यले खर्च आफैले व्यहोर्ने प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र भारतीले जानकारी दिए । 

 

‘जहाजको टिकट खर्च महानगरले तिर्ने सामान्य कुराकानी भएको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘बाँकी खर्च मेयरको आफैले व्यहोर्ने र जहाजको खर्च पनि आफै तिर्छु भने पाइन्छ ।’ 

 

मेयर आचार्य अहिले क्वालालाम्पुरको कार्यक्रममा सहभागी भएको तस्बिर सामाजिक सञ्जाममा सार्वजनिक गरेका छन् । मेयर आचार्यले फेसबुकमा गरेको पोस्टमा उनीसँग ललितपुर महानगरका मेयर जिरीबाबु महर्जनसमेत सामेल भएको देखिएको छ । 

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्