शिवशक्ति क्याम्पसको सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला निर्वाचित
पाेखरा | असोज ४, २०७९

पोखरा । पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा टुवराज बास्तोला निर्वाचित भएका छन् । समितिको ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले बास्तोलालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
बास्तोला फूलवारी क्लवका पूर्व अध्यक्ष, रोटरी क्लब अफ पोखराको पूर्वअध्यक्ष, जेसीज लगायतका संस्थामा रहेर काम गरेका छन् । उनी पोखरा–७, रत्नचोकस्थित रत्नज्योति बोर्डिङ स्कूलको प्राचार्य पनि हुन ।
समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे चयन भए । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक प्रतिनिधि दुई जना पदेन सदस्य रहनेछन् । २१ सदस्यीय हुने समितिमा १४ सदस्य पछि मनोनित गरिने छ ।
अध्यक्ष बास्तोलाले क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नु...
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्र...
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । &nbs...